
मकवानपुरको रातोमाटेमा ट्रक ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ३० र ३५ वर्षका ठक्कर ट्रकका चालक र सहचालक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातमाटेमा प्लास्टिकको सामान बनाउन मेसिन लोड गरेर बिरगंजबाट हेटौंडातर्फ आउदै गरेको ना ५ ख ५९६३ नम्बरको ट्रकले चामल लोड गरि सोही दिसाबाट आउँदै गरेको ना ५ ख १८६४ नम्बरको ट्रकलाई ठक्कर दिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) जयश्वर रिमालले जानकारी दिए । उनका अनुसार मृत्यु हुनेमा टक्कर दिने ट्रकका चालक र सहचालक हुन् ।
यस्तै अर्का दुई जना घाइते भएका छन् । उनीहरुको चुरेहिल अस्पतालमा उपचार भईरहेको जनाइएको छ।