
एमएडब्ल्यूको खेलमार्फत युवाको विकासको लागि चाहना सदैब थियो । सधै खेलहरूमा लगानी गर्न अवसर खोज्दै थियो । एमएडब्ल्यूले, विशेष गरी यामाहा मार्फत नेपालले फुटबलको विकासमा लगानी गरिरहेको छ ।
एमएडब्ल्यूको एन्फासँग एक समझदारी छ जसले खेलाडीहरूको उच्च प्रदर्शनलाई उत्प्रेरित गर्दछ । यामाहा नेपालले लिग तथा एन्फा द्वारा मान्यता प्राप्त टूर्नामेंटहरूमा राम्रो प्रदर्शन गर्ने खेलाडीहरूलाई मोटरसाइकल प्रदान गर्दै आएको छ । यामाहा नेपालले सहिद स्मारक ‘ए’ डिभिजन लिगका लागि एन्फासँग साझेदारी गर्दै आएको छ, जहाँलिगको अवधिमा सर्वश्रेष्ठ प्रदर्शनकर्ताहरू यामाहा द्वारा पुरष्कत हुँदै आएको छ । यसको उद्देश्य लिगमा सर्वश्रेष्ठ खेलाडीको पहिचान गर्नु हो र तिनीहरूलाई उनिहरुलाई उच्च प्रदर्शन गर्न प्रेरित गर्नु हो ।
काठमाडौं रेजर्स कसरी स्थापना भयो ?
– नेपाल सुपर लिगले मोरङ अटो वर्कस लाई फेरि फुटबलको विकास र बृद्धि गर्न एक अवसर प्रदान गर्यो ।नेपाल सुपर लिग टोलीले यस मुख्य ऐतिहासिक समूहको भाग हुन दुई तरिकामा मोरङ अटो वर्कस सम्पर्क राख्यो, मुख्य प्रायोजकको रूपमा वा टोलीको मालिकको रूपमा ।यसमा टोलीले मालिक हुने विचार गर्यौ किनकि यसले फुटबल फ्यानहरूसँग जडान हुने र फुटबललाई जरै देखी सुधार गर्न बढी अवसर प्रदान गर्दथ्यो ।पछिल्लो २५ बर्षदेखि काठमाडौंबाट ब्यवशाय सञ्चालन गरिरहेको हुनाले काठमाडौंलाई नै आधार मानेर काठमाडौं रेजर्सको स्थापना भयो ।
क्लबको लोगो र पहिचान
– काठमाडौं सांस्कृतिक शहर हो, यस संस्कृतिमा यस शहरको मूल्यहरु अपार छ । फुटबल काठमाडौंको लागि खेल भन्दा पनि ठूलो कुरा हो, काठमाडौंको यो अर्को संस्कृति हो । धेरै ’ए’ डिभिजन क्लबहरू यहाँ आधारित छन् तर विभाजित छन् , काठमाडौं रेजर्सले यसलाई पूरै काठमाडौंलाई एक टीम , एक क्लबको रूपमा प्रतिनिधित्व गर्ने अवसर प्रदान गर्यो ।
क्लब ब्याजमा चिलको प्रतिनिधित्व हुनुको कारण
चिल जो काठमाडौं उपत्यकाको आकाशमा खुल्ला रुपले उड्छ जुन सिकारी चरा कोहि कसैसङ पनि डराउँदैन, हरेक कुराको प्राप्ती को लागि व्यापक दर्शन गर्छ । लोगोमा मिश्रित रंग नेपालको , निलो, रातो र सेतो रंग हो ।
– नामको ब्याख्या
पर्फमेन्समा जसरी रेजर तीखो छ, त्यस्तै यमाहाको ‘रेजेडआर १२५ एफआई’पनि उत्तिकै अब्बल छ । पर्फमेन्स र पहिचान मेल खाने हुनाले क्लबको ’काठमाडौं रेजर्स’ को नाम जुर्यो ।
व्यवस्थापनः
एन्फा लिग कमिटीका अध्यक्ष तथा एन्फामा प्रमुख व्यक्तित्वका रुपमा रहनुभएका श्री बिज्ञानराज शर्माको नेतृत्वमा व्यवस्थापन टिम निर्माण भएको थियो । उहा एक अन्तर्राष्ट्रिय तहमा समेत नेपालको प्रतिनिधित्व गर्ने पूर्व खेलाडीको रुपमा पारीचित हुनुहुन्छ । उहाको नेतृत्वमा टीम र व्यवस्थापनको रूपरेखा तयार गरियो, जसले काठमाडौं रेजर्सको सफलताको आधार बनायो ।
श्री मधुसूदन उपाध्यायलाई टोली प्रबन्धकमा नियुक्त गरिएको थियो । उहाले टिम ब्यवस्थापनमा कुनैपनि त्यस्तो किसिमको सम्झौता गर्नुभएन जसले खेलाडीहरूको प्रदर्शनमा असर गर्न सक्दथ्यो । टिम एक उचित पूर्वाधार फिटनेस स्तर, यात्रा, आवास, आहार, प्रदर्शन र प्रोत्साहन बाट बनेको थियो।
बाल गोपाल महर्जनको नियुक्ति
आयोजकहरूको सुझाव टोलीलाई अगाडि बढाउन सक्ने मास्टरमाइन्डको खोजी गर्नमा थियो । तर हामीले यस्तो रणनीति बनायौं जसले इतिहास निर्माणमा सफलता ल्याउन सक्थ्यो, त्यसका लागि नेपाली इतिहासका महान प्रशिक्षक गोपाल महर्जनको नाम अगाडि आयो ।
बाल गोपाल महर्जन
मुख्य प्रशिक्षक
–मोरङ अटो वर्कसका सि.इ.ओ चिरञ्जीवी साह मार्फत जोडिए पश्चात् काठमाडौं रेजर्सका एक्जुकेटिभ चेयरम्यान र पुर्ब राष्ट्रिय खेलाडी बिज्ञान राज शर्मा दाइ उहाँ हरुको पहल र अनुरोध गर्नुभयो र म स्वयम् पनि काठमाडौं कै स्थानीय वासिन्दा भएकोले मैले उहा हरुको कुरा नकार्न सकिन रअरु टिमहरु बाट पनि अफर आएको थियो तर मैले काठमाडौं रेजर्स नै रोजे ।
–खेलाडी छनौटको रणनीतिमा मैले पहिले नै मार्की प्लेयर बिकेश कुथु लाई लिइसकेको थिए । र त्यस पछि पनि मैले पहिले नै ए , बि र सि श्रेणी बाट कुन कुन प्लेयर लिने भनेर मैले एउटा डाटा नै बनाइ सकेको थिए त्यस बाट नै एउटा सन्तुलित टिम बनाउन सफल भएका थियौ ।
–खेलमा हार जित बराबरी भै नै रहन्छ तर त्यसबाट कसरि टिमलाइ दोस्रो चरणमा लैजाने भन्ने योजना को साथ अगाडि बढ्ने हो र यसमा मेरो मुख्य फोकस भनेकै कसरी फाइनल सम्म पुर्याउने भन्ने कुरा मै ध्यान केन्द्रित गरेर हामी फाइनल सम्म पुग्न सफल भएका थियौ ।
–मोसफलमा खेलाडी हरु ब्यस्त हुदा तयारी मा बाधा आएको थियो प्राय जसो सबै टिमकै अवस्था तेस्तै नै थियो । सबै खेलाडी मोसफलमा ब्यस्त हुदा हामीलाई खेलाडी तयारी गर्न समस्या थियो तर त्यसको बावजुत पनि तयारी त गर्नु नै पर्दथ्यो तसर्थ छोटो समय अवधीमा पनि टिमलाइ तयार गर्न सफल भएका थियौ ।
–त्रिदेवको बारेमा फ्यान हरु बाट प्रश्न हरु आउनु स्वभबिक नै थियो । किनकी २ महिना अगाडी मात्र त्रिदेशिय फुटबल प्रतियोगितामा उनको उच्च प्रदर्शनले होला । तर काठमाडौं रेजर्समा अक्सनमा अनुबन्ध भएता पनि त्रिदेशिय फुटबल प्रतियोगिताको फाइनल खेल मा घाइते हुनपुग्नु र समय मै पुर्ण रुपमा फिट हुन नसकेकोले उहाँको स्थानमा ए श्रेणी कै अर्का प्लेयर छिरिङ गुरुङ लाई टिम मा ल्याएका थियौ , बिगतमा युथ समूह मा राम्रो प्रर्दशन गर्न सफल भएको प्लेयर लाई काठमाडौं रेजर्स मा अनुबन्ध गर्न पाउँदा एकदमै राम्रो भयो र उसले मैदान मा प्रर्दशन पनि उच्च स्तरकै गर्न सफल भयो ।
बिदेशी खेलाडीको हकमा यस काठमाडौं रेजर्स मा आवद्ध ३ जना कै प्रदर्शन उच्च नै रह्यो मुख्य हामिलाइ चाहिने खेलमा स्कोरहरु पनि निस्कियो र टिमलाइ सफलता प्राप्त भयो र अरु टिमको बिदेशी खेलाडीको तुलनामा हाम्रो बिदेशी खेलाडी केही हद सम्म उच्च स्तरका देखियो , उनिहरु अनुशासित पनि थिए र टिम सङ पनि एकदमै घुलमिल पनि भए त्यसैले हामी सफल पनि भयौ । अवस्य पनि बिदेशी खेलाडी हरुको संयोजनले नै काठमाडौं रेजर्स क्लबले उपाधी हात पार्न सकेको कुरामा म दुइमत हुन सक्दैनौ तर स्वदेशी खेलाडी हरुको पनि उत्तिकै मेहनत,योगदान र उच्च प्रदर्शन रहेको छ, यो दुबैको प्रदर्सनले गर्दा नै हामी उपाधिको हकदार बन्न सफल भएका हौ ।
बिज्ञान राज शर्मा
अध्यक्ष ( काठमाडौं रेजर्स )
बिगत ५–६ बर्ष देखि लिग नभै रहेको अवस्थामा मलाइ लिग सन्चालन गर्न जिम्मेवारी दिइएको हो । अनि मैले सफलता पुर्बक दुई बर्षका ए , बि र सि श्रेणी लिग हरु सम्पन्न गर्न सफल भयौ र हामि र मेरो टिमहरु लिग कमिटी का मेम्बर हरु यसमा खटे र सफल बनाए । कोरोनाको कारण यो सालको लिग हुन सकिरहेको छैन तर क्रमश गर्छौ । र काठमाडौं रेजर्स सङ म लसरी आबद्द भए भन्दा खेरी मलाई यो कुनै पनि एन एस एल हुँदै छ भन्ने थाहा थियो तर मेरो आवद्दता म कता हुन्छु भन्ने तयार गरेको थिइन तर यसको तयारी सुरु हुनु भन्दा केही दिन अगाडी एम ए डब्लुका प्रमुख एम.डि. बिष्णु कुमार अग्रवालले मलाइ भेट्न बोलाउनु भयो र भेट्न जादा काठमाडौं रेजर्स हेर्न आग्रह गर्नुभयो र मैले यसको लागि कुनै तयारी गरेको थिइन र मैले समय लिएर मेरो टिमका बिशेश गरि सन्जीब मिश्र हाम्रो लिग कमिटी को भाइस चेयरम्यान सङ यसको बारेमा कुरा गर्न बोलाए र सबै कुरा गरिसके पछि म टिम लिन्छु तर त्यस्को लागि मलाइ काम गर्ने बाताबरण दिनुपर्छ भन्ने कुरा मा बिष्णु कुमार अग्रवाल जिले सहमती जनाउनु भैसके पछि मैले काठमाडौं रेजर्स लाई टेक ओभर गरेको हु ।
एन्फामा आवद्द ब्यक्ति कुनै एक क्लबमा आबद्द हुदा नेसनल मिडियामा थुप्रै कुरा हरु आए तर त्यसले मलाइ तात्विक फरक पार्दैन किनभने कर्मा छिरिड़ शेर्पा अध्यक्ष निर्वाचित भैसकेपछि बिगत ५ बर्ष देखि ब्यबस्थापकीय लगायत बिभिन्न कमि कमजोरीका कारण हुन नसकीरहेको ऐतिहासिक शहिद स्मारक लिग फुटबल प्रतियोगिता (नेपाली फुटबलको मेरूदण्ड) संचालन गर्न निकै चुनौतीपूर्ण अवस्थामा नेतृत्व लिन मलाई तत्कालीन नवनिर्बाचित एन्फा कार्यसमितीले अनुरोध गरेपछि मैले कार्यसम्पन्न गर्ने अठोट सहित संजिब मिश्र जस्तो नेपाली फुटबल बिकाशमा बर्षै देखि लगनशील भई खटिरहेका व्याबसायिक हातहरू लाई साथ लिए एउटा बलियो र निष्पक्ष टिम बनाई मैले उक्त प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गर्न सके । बाँकी संस्करणहरू पनि अझ परिष्कृत रूपमा देशका अघिकांश भागहरूमा लिग फुटबल प्रतियोगिता संचालन गर्न कार्ययोजना सहित एन्फा कार्यसमितिमा प्रस्तुतिकरण समेत गरि सके । पुरातन शैलीमा शहिद स्मारक फुटबल प्रतियोगिता संचालन गर्न हुन्न भन्ने मेरो टिमको मान्यता रहेको छ, यसले समय र साधनस्रोतको दुरूपयोग भई फुटबल बिकाशमा कुनै तात्वीक असर नगर्ने हाम्रो अनुसन्घानले देखियो । नेपाल को फूटबलको मेरुदण्ड सहिद स्मारक लिग जहाँ ए,बि,सि डिभिजनको हुन्छ त्यहाँ प्रत्यक्ष र अप्रत्यक्ष रुपमा खेलकुद संग आबद्द हजारौ मान्छे त्यो बाट लभान्बित हुन्छन र त्यस्तो लिगहरु बिना फूटबलको बिकास नै हुन सक्दैन, मैले त्यो बाट कुनै सुबिधा लिएको छैन र लिदा पनि लिन्न । म बिशुद्द फुटबल बिकासको रुपमा एन्फामा आबद्द छु र मेरो धेरै टिम हरु पनि एन्फाकै भएका हुनाले पनि केही कुरा हरु बजारमा सुन्नमा आए तर धेरै हद सम्म मिडिया को शंका उपशंका हरु लाई क्लियर गर्ने प्रयास गरेर एउटा टिमलाइ सफल बनाउन सकेको जस्तो लाग्दछ ।
चेयरम्यान भैसकेपछि एउटा राम्रो टिम बिना कुनैपनि सफलता हासिल गर्न सकिँदैन भन्ने थाहा भएरै मैले सर्बप्रथम एक नम्बर कोच बाल गोपाल महर्जनलाई , एन्फा टिमकै टिम म्यानेजर मधुसूदन उपाध्याय , राजेश लगायतका टोलहरु लाई आफ्नो टिम मा आवद्ध गरे । कतिपय कुराहरु टिम सन्चालन गर्दा मैले गर्न सक्दिनथे तर यो टिमको कारण धेरै काम गर्न सके । म आफुलाइ भन्दा पनि यो टिमको जुन संरचना छ र त्यसमा मेरो टिमका प्रशिक्षक , फिजियो देखि कीट ब्वाइ सम्मको ब्यक्तिहरुले गरेको मेहनतले नै यो टिमले सफलता हासिल गर्न सकेको हो र यसमा म भन्दा पनि मेरो टिमको सदस्यहरुको बिशेश योगदान छ ।
नेपालमा फुटबल एउटा व्यावसायिकरण रुपमा बिकाश हुँदै छ यो एउटा उद्योगको रुपमा अगाडि बढ्दै छ भोलि एउटा खेलाडिले एक महिना खेलेर पनि २–४ लाख कमाउन सक्दछ । फूटबल खेलाडी मात्र होइन यसका रेफ्री ,टेक्निसियन ,कोचहरु प्रत्यक्ष अप्रत्यक्ष रुपमा फूटबलमा आवद्द हजारौंले रोजगारी पाउन सक्ने अवस्था हुन्छ । यसबाट भबिस्यमा थुप्रै रेफ्री,खेलाडी, टेक्निकल टिमका सदस्य, र भाबी थुप्रै राम्रा खेलाडीहरु उत्पादन गर्न सकिन्छ भनेर म काठमाडौं रेजर्समा आवद्द भएको हु ।
एन एस एल को अनुभव पनि हामिलाइ पहिलो भएकोले बिदेशी खेलाडी अनुबन्ध गर्न लाई हामिले सुरुमा यहि भएका लिग खेल्न आउने विशेष गरि अफ्रीकन खेलाडीहरु नै छनौट गर्ने सोचेका थियौ र त्यो बिचमा नेपाल आर्मी फूटबल क्लब र श्रीलंका पुलिस बिच ए एफ सि च्याम्पियनशिप को क्वालिफाइङ राउन्डको म्याच भएको थियो र त्यसमा श्रीलन्का पुलिसका ३ जना अफ्रीकन खेलाडीहरु हाम्रो नजरमा परेका थिए र तिनिहरु लाई लिनुपर्छ भन्ने हिसाबमा हामी लाग्यौ तेहि अनुसार पत्राचार पनि गर्यौ र टिकट पनि खरिद गर्यौ तर अन्तिम समयमा श्रीलंकन सरकारको कोभिडको प्रोटोकलले गर्दा उनिहरु आउन सफल भएनन हामीलाई साच्चै ठूलो धक्का लाग्यो किनभने हामिले अरु तिर ध्यान दिएका थिएनौ । त्यसपछी हामीले देशभरी हुने मोसफलका प्रतियोगिताहरुमा भएका उत्कृष्ट बिदेशी खेलाडीहरु चयनका लागि टिम पठायौ र केही काठमाडौं मै खेलेका प्लेयर हरु संग पनि सम्पर्क गर्यौ र ती बाट स्टेफन , फ्लोरेन्ट र मेसुकी हाम्रो नजरमा पर्न सफल भयो । उनिहरु कसरी खेल्छन भनेर केही हद सम्म अलि अली बिगतका खेलहरु बाट पनि थाहा थियो । हाम्रो टिमका चर्चित खेलाडी मेसुकी त हाम्रो खेलको दुई दिन अगाडि मात्र नेपाल आइपुगेको थियो । कम ट्रेनिङका बाबजुत पनि उनि पहिलो खेलको पहिलो गोल नै गर्न सफल पनि भए ।
प्रदर्शनका कुरा गर्नुपर्दा नेपाली खेलाडी र बिदेशी खेलाडिको प्रदर्शन फरक छ । किनभने उनिहरुले बच्चै देखि फूटबल सिकेको अवस्था र हामिले अलि उमेर पुगेपछि सिकेको अवस्थाले गर्दा शारीरिक र टेक्निकल रुपले हामी साच्चै कमजोर नै छौ । ज्यानले बल छेकेर लाने , आफ्नो खुट्टामा बल परेपछी प्रतिद्वन्दीले हतपति लिनै नसक्ने किसिमको क्वालिटी चाहिँ बिदेशी खेलाडीमा हुन्छ । उनिहरुको खुट्टामा बल परिसके पछि खोस्नै गारो हुने हुन्छ तर हाम्रो नेपाली खेलाडीको खुट्टामा बल परेपछी धेरै बलहरु प्रतिद्वन्दीले खोसेर लिएका घटनाहरु छन । हाम्रो राष्ट्रिय टिममै पनि बल शिल्ड गर्ने क्षमता भएका खेलाडि धेरै कम छन । त्यसकारण नेपाली खेलाडीले बिदेशी खेलाडीबाट धेरै कुराहरु सिक्नुपर्छ । नेपाली खेलाडीहरुले धेरै मेहनत गर्नपर्छ
यसपालीका खेलाडीहरु बास्तबमा भन्नूपर्दा हाम्रो फाउन्डर मेम्बरहरु हुन हामिले राम्रो खेलाडि छनौट गर्न सक्यौ र सफलता हासिल गर्न सक्यौ । आगामी बर्षहरुमा पनि राम्रा खेलाडीहरुले मौका पाउन सक्छन । मेरा टिमका सदस्यहरुको मेहनत र खेलाडीहरुको उच्च प्रदर्सनको बयान जति गरे पनि सायद कम नै हुन्छ ।
काठमाडौं रेजर्सका पनि भबिस्यको लागि योजना गर्दै अगाडी बढ्दै छ र यो योजनामा हामी सफलता प्राप्त गर्न सक्छौ यदि यसरी नै राम्रो टिम बन्न सक्दछ भने । अहिले लाई हामिले एउटा क्लब लाई कसरी ब्यवशायिकरण गर्ने , यसका फ्यान बेस लाई कसरी बलियो बनाउने , राष्ट्रिय र अन्तर्राष्ट्रिय हिसाबमा क्लब लाई चिनाउने कार्यक्रम हरु लिएर अगाडि बढ्नेछौ । साथै सामाजिक संजाल मार्फत पनि हामी हाम्रा समर्थक हरु सङ जोडिएका हुनेछौ । साथसाथै ट्यालेन्ट हन्ट मार्फत प्रतिभाशाली खेलाडी खोज्ने र हाम्रो टिममा आवद्द गराउने छौ ।
बिष्णु कुमार अग्रवाल
टिम मालिक ( काठमाडौं रेजर्स )
“हामी मोरङ अटो वर्कसमा फुटबल काठमाडौंको संस्कृति हो भनेर बुझ्दछौं । हामी केटाकेटीहरू सडक, गल्लीहरू,चोक चोक, मा खेलिरहेका देख्न सक्दछौं, त्यो पनि फुटबल जुत्ता वा कुनै जर्सिबिना । हामी धेरै जसो हरेक हप्ता राती यूरोपेली क्लब फुटबल, त्यसपछि विश्वकप र यूरोपीयन कप आदिको प्रभाव हरेक परिवारमा देख्न सक्छौ । काठमाडौं भित्र फुटबल प्रति लगाब ठूलो छ र त्यसैले हाम्रो टोली काठमाडौं रेजर्सलाई काठमाडौंको प्रतिनिधित्व गर्दै ती फुटबल फ्यान हरु लाई खुशी दिन र पहिलो ऐतिहासिक कप जित्न एउटा दबाब नै थियोे ।
नेपाल सुपर लिगको सुरुवातले हामीलाई काठमाडौं र नेपालभरका फुटबल फ्यानहरूको भावनासँग सम्पर्क राख्ने अवसर दिएको छ । अन्य फूटबल प्रतियोगितामा काठमाडौंलाई धेरै ए डिभिजन क्लब मार्फत प्रतिनिधित्व गरिएको थियो तर एनएसएलको समयमा काठमाडौं रेजर्स समग्रमा काठमाडौंको प्रतिनिधित्व गर्ने टोली बन्न सकेको छ , यो नेक्सस प्रशंसक आधार बनाउन महत्वपूर्ण छ । काठमाडौंको अन्य धेरै पहिचानका पक्ष बाहेक, हामी फुटबललाई पनि यसको एक पहिचानको रुप दिनेछौ , लिग जितेर हामीले जग निर्माण गरिसकेका छौ ।
हामी बुझ्दछौं युवा र खेल एक आपसमा कति अन्तर सम्बन्धित छन्। ’यामाहा टु व्हीलर युवाहरु माझ अत्यधिक रुचाइएको लोकप्रिय बाइक हो , यो पर्फमेन्स् र स्टायलको कारण धेरै परिचित छ , यमाहाका बाइक हरु यसरि प्रस्तुत गरिएको छ जसरी काठमाडौंलाइ फुटबलको रुपमा चित्रीत गरिएको छ । यामाहा टु व्हीलर सदैब युवामाझ जोडिन चाहन्छ । हाम्रा सम्पुर्ण उत्पादनहरू युवाबर्ग लाई लक्षित गर्दै बनेका छन्, रेजेड आर १२५ एफआई त्यसैको एक उदाहरण हो । हाम्रो उत्पादन र खेलको समानता अवलोकन गर्दै हामीले फूटबल खेलसँग सम्बन्ध राख्ने अवसर पाएका थियौं अब हामी यस संस्थालाई दिगो बनाउन अझै धेरै प्रयास गरिरहने छौं किनकि फूटबलले अनुशासन, कडा परिश्रम र लगनको साथ एक युवा विकासमा निर्णायक भूमिका खेल्छ।
कोभिड को कारणले गर्दा, हाम्रो धेरै क्रियाकलापहरू अलमल्याइयो । हामी टोली व्यवस्थापनसँगै युवाहरुलाई हाम्रो टीमको हिस्सा बनाउने र काठमाडौं रेजर्सको प्रतिनिधित्व गराउने योजना बनाइरहेका छौ , साथै हामीले फुटबललाई जरै बाट विकास गर्नका लागि विचार गरिरहेका छौ र अन्ततः नेपालमा फुटबलको विकासमा केही योगदान पक्कै पुर्याउनेछौं।
भविष्यको काठमाडौं रेजर्सको रोडम्याप
आगामी बर्षहरूमा हामी फुटबललाई लिएर समुदाय सम्म, पुग्नेछौ जहाँ सम्भव भए सम्म फुटबलको विकासका लागि काठमाडौं रेजर्सलाई क्लब भन्दा बढी फूटबल बिकास गर्ने संस्थाको पहिचान दिनेछौ । प्रशंसकहरूको लागि काठमाडौं रेजर्स लाई एक विशिष्ट फुटबल क्लबको पहिचान दिनेछौ । हामी नेपाली फुटबलमा व्यावसायिकता बढाउन चाहन्छौं, त्यो किसिमको योगदान हामी फूटबलमा दिन चाहन्छौं।