
कास्कीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा अवधि थप भएको छ ।
जिल्ला प्रशासन कार्यालय कास्कीले जेठ ३१ गते राति १२ बजेसम्मका लागि हाल कायम आदेशका सम्पूर्ण बुँदा यथावत राख्दै निरन्तरता दिएको हो । अघिल्लो आदेश जेठ २१ मा सकिँदै थियो ।
पछिल्ला दिनमा देखिएको कोरोना संक्रमण दर, प्रवृत्ति, मृत्युदर विश्लेषण समेतका आधारमा आदेशलाई निरन्तरता दिँदै स्थितिलाई नियन्त्रण लिन बिहीवार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको निर्णयका आधारमा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले निषेधाज्ञा आदेश जारी गरेका हुन् ।
अघिल्ला दिनसम्म १ साता मात्र बढाउँदै आएकोमा यसपालि एकैपटक १० दिन अवधि थप भएको छ ।

