
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुनेभन्दा निको हुनेको संख्यामा वृद्धि भएको छ ।
सो अवधिमा १ हजार ३२८ संक्रमित घर फर्किएका छन् भने ३२८ संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालय दिपायलका अनुसार प्रदेशमा बिहीवार कैलाली, कञ्चनपुर र बझाङ जिल्लाका गरी ४ संक्रमितको मृत्यु भएको छ । यो समेत हालसम्म मृतकको संख्या ५१६ जना पुगेको छ ।
प्रदेशको जनसंख्या २५ लाख ५२ हजार ५१७ मध्ये बिहीवारसम्म २ लाख ३४ हजार ६३२ जनामा कोरोना भाइरसको नमूना परीक्षण गरिसकिएको छ ।
प्रदेशका विभिन्न १२ अस्पतालका भेन्टिलेटरमा ८, सघन उपचार कक्षमा १४ र कोभिड वार्डमा ३६ बिरामी उपचाररत छन् । कोरोना भाइरसका सक्रिय संक्रमित पछिल्ला दिनमा घट्दै गएका छन् । १ हप्ता अघिसम्म प्रदेशमा १० हजार ५२ जना सक्रिय संक्रमित रहेकोमा बिहीवार संख्या घटेर ५ हजार २७३ पुगेको छ ।
दोस्रो लहरको कारोना भाइरस फैलिएदेखि जेठ ७ गते एकैदिन प्रदेशमा सबैभन्दा बढी ९८४ नयाँ संक्रमित थपिएका थिए । सबैभन्दा बढी ३१ जना संक्रमितको मृत्यु भएको थियो ।
यसैबीच कैलाली जिल्लामा स्थानीय प्रशासनद्वारा जारी निषेधाज्ञाको अवधि जेठ ३१ गतेसम्म थपिएको छ ।