०६ साउन २०८३, बुधबार

नेपाल प्रहरीको अक्सिजन सिलिन्डर संकलन अभियान जारी

जेठ २०, २०७८
नेपाल प्रहरीको अक्सिजन सिलिन्डर संकलन अभियान जारी
प्रतिकात्मक तस्वीर

नेपाल प्रहरीले अनावश्यक क्षेत्रमा प्रयोग भएका अक्सिजन सिलिन्डरको खोजी जारी राखेको छ । 

मुलुकमा कोभिड–१९ संक्रमणका कारण अक्सिजन र त्यसका सिलिन्डरको अभाव भएपछि प्रहरीले गत वैशाख अन्तिम सातादेखि सिलिन्डर संकलन अभियान थालेको थियो ।

बिहीवारसम्म १० हजार बढी सिलिन्डर संकलन भइसकेका प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

पछिल्लो समय कोराना संक्रमितको संख्या पनि घट्दो क्रममा रहेको र उत्पादन समेत बढ्न थालेकाले अक्सिजनको अभाव हुन छाडेको छ । 

प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ७८ वटा भरेको अक्सिजन सिलिन्डर संकलन गरिएको छ । संकलन गरिएका सबै सिलिन्डर बिहीवारै कोभिड अस्पताललाई उपलब्ध गराइएको छ ।

आवश्यकताभन्दा बढी अक्सिजन सिलिन्डर होल्ड गर्ने व्यक्ति, विभिन्न संघसंस्था तथा स्वास्थ्य प्रयोजनबाहेक अन्य प्रयोजनमा प्रयोग गर्ने उद्देश्यले विभिन्न उद्योग, कलकारखाना, कवाडी, ग्यास वेल्डिङ, पसल तथा गोदामहरूमा स्टक गरी राखेका अक्सिजन सिलिन्डर संकलन गरी उपलब्ध गराइएको हो ।

नेपाल प्रहरीको सक्रियतामा गत वैशाख २६ गतेदेखि हालसम्म १० हजार ६३० सिलिन्डर संकलन गरी कोभिड अस्पताल, स्वास्थ्य कार्यालय र सम्बन्धित अक्सिजन प्लान्ट उद्योगलाई उपलब्ध गराइएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए । यस विषम परिस्थितिमा अन्य प्रयोजनका लागि स्टक नगर्न तथा विभिन्न कम्पनी, संघसंस्था तथा व्यक्तिहरूसँग आवश्यकताभन्दा बढी सिलिन्डर छन् भने त्यस्ता सिलिन्डरहरू उपलब्ध गराई सहयोग गर्न नेपाल प्रहरीले अनुरोध समेत गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्