२० असार २०८३, शनिबार
सफल भयो खोप कुटनीति

नेपाललाई खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

नेपाललाई खोप उपलब्ध गराउने अमेरिकाको घोषणा

अमेरिकाले नेपाललाई अनुदानमा खोप उपलब्ध गराउने घोषणा गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीको अग्रसरता  र नेपाल सरकारको क्रियाशीलतामा अमेरिकाले अनुदानमा खोप नेपाललाई उपलब्ध गराउने भएको राष्ट्रपतिका प्रेस विज्ञ  टीका ढकालले जानकारी दिए । 

सुरुमा अमेरिकाले ५० लाख डोज खोप दिने जानकारी ट्वीटरमार्फत दिएका उनले पछि आफ्नो ट्वीट सच्याउँदै आफूहरुको अपेक्षा ५० लाख डोज खोप पाउने रहेको बताएका छन् ।

‘कोभिड–१९ विरुद्धको खोप प्राप्तिमा आज अर्को  सफलता प्राप्त भएको छ । हाम्रो अनुरोधलाई स्वीकार गर्दै संयुक्त राज्य अमेरिकाले नेपाललाई पचास लाख डोज खोप उपलब्ध गराउने जानकारी गराएको छ’, ढकालले ट्वीटरमार्फत भनेका थिए ।

तर लगत्तै आफ्नो ट्वीट सच्याउँदै उनले भने, ‘मैले उल्लेख गरेको परिमाणलाई म तत्काल सच्याउन चाहन्छु ! यो परिमाण हाम्रो अपेक्षा र अनुरोध हो ।'

यसैगरी अमेरिकी राजदूतले अमेरिकी भ्याक्सिन अनुदानमा पाउने मुलुकमध्ये नेपाल पनि एक हुने गरेको उल्लेख गरेका छन् । जुन कुरा ह्वाइटहाउसले घोषणा गरेको राजदूत -यान्डी बेरीको भनाइ छ । बेरीले नेपालले कति पाउने भन्नेबारे केही खुलाएकाछैनन् ।

यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले खोप दिने अमेरिकी सरकारको निर्णयप्रति राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसलाई धन्यवाद ज्ञापन गरेका छन् ।

अमेरिकाले नेपाललाई कुन खोप दिने भन्नेबारे भने स्पष्ट भइसकेको छैन । राष्ट्रपति विद्यादेवी भण्डारीको पहलमा यसअघि चीनले पनि १० लाख डोज खोप दिने घोषणा गरेको थियो भने त्यसमध्ये ८ लाख डोज प्राप्त भइसकेको छ ।

 राष्ट्रपतिका प्रेस विज्ञको जानकारीको आधारमा समाचार प्रकाशित भएकोमा उनले ट्वीट सच्याएकाले समाचारमा पनि  संशोधन गरिएको छ-सम्पादक

salt training

कमेन्ट गर्नुहोस्