
नेपालका लागि अमेरिकी राजदूत र्याण्डी बेरीले नेपाल सहितका देशलाई आफ्नो देशले अनुदानमा खोप उपलव्ध गराउने निर्णय गरेको जानकारी गराएका छन् ।
ट्वीटरमार्फत बेरीले बिहीबार राति भनेका छन्, ‘संयुक्त राज्य अमेरिकाबाट प्रत्यक्ष खोप अनुदान पाउने देशहरु मध्ये नेपाल पनि एक हुने निर्णय भएको छ।’ उनले थप विवरणहरू चाँडै आउने समेत बताएका छन् ।
राष्ट्रपतिका सञ्चार विज्ञ टीका ढकालले अमेरिकाले ५० लाख डोज खोप दिने उल्लेख गरेपनि राजदूत बेरीले भने केही उल्लेख गरेका छैनन् ।
I join my fellow Americans, & all friends of Nepal, in celebrating the @WhiteHouse announcement that Nepal will be among the countries to receive direct vaccine donations from the United States. More details are coming soon! Together we will #beatthevirus.https://t.co/0gM5inom5x pic.twitter.com/0aLf8p00iJ