२८ जेठ २०८३, बिहीबार

४२ वर्षका पुरुषले २४ वर्षको विद्यार्थी भन्दै परीक्षा दिएपछि...

कात्तिक २०, २०७४
४२ वर्षका पुरुषले २४ वर्षको विद्यार्थी भन्दै परीक्षा दिएपछि...

नयाँ दिल्ली, २० जेठ– पूर्बी भारतको विहार प्रदेशको एउटा परीक्षामा सर्वाेच्कृष्ट अङक ल्याएका एक जना विद्यार्थी प्रहरी नियन्त्रणमा परेका छन् ।

उमेर ढाँटेको अभियोगमा ती विद्यार्थीलाई पक्राउ गरी अनुसन्धान सुरु गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् ।

गणेश कुमार नामका एक विद्याथीले यस वर्षको कक्षा १२ को बोर्ड परीक्षामा विहान प्रदेश मै सबैभन्दा धेरै अङ्क ल्याएका थिए । दुई सन्तानका बाबुसमेत रहेका उनले आफ्नो उमेर ४२ वर्ष भएपनि ढाँटेर २४ बनाएको अभियोग लगाइएको छ ।

‘उनले विहार विद्यालय परीक्षा बोर्डमा आफ्नो उमेर ढाँटेर दुरुपयोग गरेको पाइएको छ,’ एक जना वरिष्ठ प्रहरी अधिकारीले भनेका छन् ।

बोर्डका अध्यक्ष आनन्दकिशोरले सञ्चारकर्मीहरुसँग भने, ‘कुमार, जो कक्षा १२ को परीक्षामा सबै भन्दा धेरै अङक ल्याएका थिए, उनको उमेरका बारेमा टिप्पणी गर्दै उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो ।’

salt training

कमेन्ट गर्नुहोस्