२४ असार २०८३, बुधबार

अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न सहयोग गर्दै कोकाकोला फाउन्डेसन

अक्सिजन उत्पादन गर्ने युनिट स्थापना गर्न सहयोग गर्दै कोकाकोला फाउन्डेसन

कोरोना भाइरस महामारीको दोस्रो लहरको कारण नेपालको बिग्रँदै गइरहेको स्वास्थ्य संकटबाट बच्नको लागि कोका–कोला फाउन्डेसनले अक्सिजन उत्पादन गर्ने युनिटको स्थापना गर्न क्रियसनलाई सहयोग गरेको छ । 

यो युनिट कोभिड–१९ को बढ्दो बिरामीहरुको लागि सबैभन्दा महत्वपूर्ण चिकित्सा उपकरणहरु मध्येको एक हो । 

यो रकम कोका–कोला फाउन्डेसनले नेपाल रेडक्रस सोसाइटीलाई भ्याक्सिनेशन एक्सेस इनिसिएटिभ, सार्वजनिक खोप जागरुकता र फ्रन्टलाइन वर्कर र भल्नेरेबल जनशक्तिलाई पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट लागि प्रदान गरेको हो ।

यो दुवै सडक र हवाई द्वारा परिवहन योग्य छ र यसलाई चाँडै स्थापना गर्न सकिन्छ । यी युनिटहरू नेपालका धेरै अस्पतालहरुमा स्थापित भइसकेका हुनाले यसमा अरु नियामक समस्याहरु पनि पैदा हुने छैन । प्रत्येक युनिटले दिनमा ५० बेड र १५ सिलिन्डरसम्म केटर गर्न सक्छ र यसबाट जीवन बचाउने ग्यासको अभाव पूरा गर्ने अपेक्षा राखिएको छ । फ्रान्समा आधारित मेडिकल उपकरण निर्माण कम्पनी नोभएयरले क्रियसन र यसका कन्सोर्टियम पार्टनरहरुको साथमा १० वटा युनिटहरुको माग गरिसकेको छ ।

कोका–कोला फाउन्डेसनका प्रेसिडेन्ट र अध्यक्ष्य बीए पेरेजले भने,‘हामीलाई थाहा छ कि हामी कोेभिड–१९ को संकटबाट अझै पूर्ण रुपले मुक्त भएका छैनौँ । हामी नेपालमा कोभिड–१९ का बिरामीहरुको लागि थप अक्सिजनको उपलब्धता सिर्जना गर्ने क्रियसनको प्रयासलाई समर्थन गर्दछौँ र यसमा हामीले हाम्रो स्रोतहरु प्रयोग गर्न पाउँदा निकै गर्व महसुस गरेका छौँ ।’

अक्सिजन उत्पादन गर्ने युनिटले २० हजारभन्दा बढी मानिसहरुलाई लाइफ सेभिङ अक्सिजनको सप्लाइले ठूलो फाइदा हुनेछ, १८ हजारभन्दा बढी अस्पतालको बेडहरुले एक वर्ष सम्म नियमित अक्सिजनको सप्लाई पाउँनेछन् र ५ हजारभन्दा बढी अक्सिजन सिलिन्डर रिफिल गरेर खाँचोमा परेका बिरामीहरुलाई दिइनेछ। स्वास्थ्य र जनसङ्ख्या मन्त्रालयको समर्थनमा सरकारी अस्पतालमा यो प्लान्टको स्थापना हुनेछ। 

क्रियसनका फाउन्डर र प्रेसिडेन्ट आनन्द मिश्राले भने,‘अन्य प्लेटफर्महरूसँगको सहकार्यमा क्रियसनले शुरु गरेको अक्सिजन फर नेपाल नेपालमा कोभिड–१९ विरुद्ध सबैभन्दा ठूलो गैर–सरकारी ह्युमानिटेरियन रेस्पन्स हो। हामीले यस महामारीको लागि आर्थिक संकलन गरेर र आवश्यक चिकित्सा वस्तुहरुको माध्यमबाट निरन्तर जवाफ दिइरहेका छौँ। हामी कोका–कोला फाउन्डेशनलाई हाम्रो महत्वपूर्ण उद्देश्यलाई समर्थन गर्नुभएकोमा धन्यवाद दिन चाहन्छौँ र हामी आशा गर्दछौँ कि कोका–कोला फाउन्डेसनको सहयोगको साथ हामी अझै धेरै मानिसको जीवन बचाउन सक्नेछौँ ।’

salt training

कमेन्ट गर्नुहोस्