२६ असार २०८३, शुक्रबार

देशभर शुक्रबार यस्तो रहनेछ मौसम

देशभर शुक्रबार यस्तो रहनेछ मौसम

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अहिले बागमती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ। बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

आज दिनभर  प्रदेश १, प्रदेश २ र बागमती प्रदेश लगायत अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य स्थानहरूमा सामान्यतया मौसम सफा रहने पूर्वानुमान गरिएको छ । यस्तै पहाडी भूभागका एक दुई स्थानहरुमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

यस्तै राति पहाडी भूभागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ ।  बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै प्रदेश १ का एक दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको छ।

salt training

कमेन्ट गर्नुहोस्