
पूर्व सांसद एवं कम्यूनिष्ट नेता बिष्णु बहादुर तामाङ (बीएल वाइबा)को निधन भएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका ५ घर भएका पूर्व सांसद तामाङको ७८ वर्षको उमेरमा बिहीवार राति निधन भएको हो ।
पूर्व सांसद तामाङ पछिल्लो समय कोरोना संक्रमित भएका थिए ।
तर उपचारपछि निको भइसकेका बेला सुगरको मात्रा एक्कासी बढेपछि झापाको दमकस्थित आम्दा अस्पतालमा उपचारको क्रममा उनको निधन भएको बताइएको छ ।