२२ असार २०८३, सोमबार
जसपाको सत्ता यात्रा

राजेन्द्र महतो उपप्रधानमन्त्री बन्ने, यी हुन् शपथको तयारीमा रहेका ८ मन्त्री र २ राज्यमन्त्री [सूचीसहित]

जेठ २१, २०७८
राजेन्द्र महतो उपप्रधानमन्त्री बन्ने, यी हुन् शपथको तयारीमा रहेका ८ मन्त्री र २ राज्यमन्त्री [सूचीसहित]
फाइल फोटो

जनता समाजवादी पार्टी  (जसपा)का १० नेताले आज साँझ ६ बजे मन्त्री पदको शपथ लिने भएका छन् ।

जसपाका अध्यक्ष महन्थ ठाकुरले ८ मन्त्री र दुई राज्यमन्त्रीको नामसहितको सूची प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाएका छन् ।

जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र महतोको नेतृत्वमा उपप्रधान तथा शहरी विकास मन्त्रालय लिएर जसपा सरकारमा सहभागी हुन लागेको हो।

जसपा नेता डा. सुरेन्द्र कुमार झाले दिएको जानकारी अनुसार शरतसिंह भण्डारीलाई ऊर्जा जलस्रोत तथा सिंचाइ, अनिलकुमार झालाई खानेपानी, लक्ष्मणलाल कर्णलाई भूमिसुधार तथा व्यवस्था, विमल श्रीवास्तवलाई श्रम तथा रोजगार समाजिक सुरक्षा मन्त्रालय र उमाशंकर अरगरियालाई वन तथा वातावरण मन्त्री दिइएको छ ।

त्यसैगरी एकवाल मियालाई युवा तथा खेलकुद, चन्दा चौधरीलाई महिला बालबालिका तथा ज्येष्ठ नागरिक, रेणुका गुरुङलाई महिला बालबालिका राज्य मन्त्री, चन्द्रकान्त चौधरीलाई ऊर्जा राज्य मन्त्री दिइएको छ ।

आजै साँझ ६ बजे उनीहरूको हुने भएको छ ।   

salt training

कमेन्ट गर्नुहोस्