२१ असार २०८३, आइतबार

अपहरणको १५ मिनेटमा बालिकाको सकुशल उद्धार

जेठ २१, २०७८
अपहरणको १५ मिनेटमा बालिकाको सकुशल उद्धार

अपहरणको खबर पाएलगत्तै सक्रिय बनेको प्रहरीले १५ मिनेटमा अपहरित बालिकाको सकुशल उद्धार गरेको छ । राजविराजबाट अपहरित १४ वर्षीया बालिकालाई रुपनी पुग्नु अगावै इलाका प्रहरी कार्यालयले सकुशल उद्धार गरेको हो ।

प्रहरीले अपहरणमा आरोपित राजविराज–२ घर भई सुनसरीको भण्टाबारीमा मदिरा पसल सञ्चालक ३५ वर्षीय नबिन देवलाई पक्राउ गरेको छ ।

पीडितकी आमाले  जिल्ला प्रहरी कार्यालयमा आरोपितविरुद्ध उजुरी दिएकी छिन् । राजविराजस्थित घरबाट आरोपितले ललाईफकाई झुक्यानमा पारी छलकपट गरी नियन्त्रणमा राखी अपरहण गरेको पीडितले बयान दिएका छन् ।
पीडित बालिकाका अनुसार आमाबुबा औषधोपचारका लागि घरबाहिर निक्लिएको मौका छोपी प्रदेश २–०३–०१३ प–४६८२ नम्बरको अपाची मोटरसाइकलमा आएका आरोपितले बुबाको साथी भन्दै बालिकालाई लगेका थिए ।
आरोपित नवीन यसअघि मानव बेचविखन, गर्भपतन, हत्या, कुटपिट, लुटपिट, लागू औषध ओसारपसार, अपहरण,चोरी लगायतका आपराधिक घटनामा संलग्न रहेको स्थानीयवासी बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्