२६ असार २०८३, शुक्रबार
मन्त्रिपरिषद् पुनर्गठन

सिंहदरबारको रात्रिकालीन चहलपहल– कतै पानीको घडा, कतै फूलमाला

सिंहदरबारको रात्रिकालीन चहलपहल– कतै पानीको घडा, कतै फूलमाला

नयाँ मन्त्रीको स्वागतका लागि सिंहदरबारमा कर्मचारीहरु फूलमाला लिएर बसेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले जसपाका ८ सहित नेकपा एमालेका दुइ जनालाई मन्त्री बनाएपछि शुक्रवार राति सिंहदरबारमा चहलपहल देखिएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ लिएलगत्तै मन्त्रीहरु सिंहदरबार पुगेर कार्यभार सम्हाल्दै छन् ।

शहरी विकास मन्त्रालयमा उपप्रधानमन्त्री राजेन्द्र महतोको नेमप्लेट राखिएको छ । महतो जसपाको तर्फबाट उपप्रधानमन्त्री सहित सरकारमा सहभागि हुँदैछन् । महतोको स्वागतका लागि कर्मचारीहरु फूलमाला लिएर बसेका छन् ।
उता परराष्ट्र मन्त्रालयमा मन्त्रीको स्वागतका लागि गेटमा पानीको घडा राखिएको छ । रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र मन्त्री बन्दैछन् ।

उर्जा तथा जलस्रोत, वन तथा वातावरण मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयमा चहलपहल छ । स्वास्थ्य मन्त्रालयमा शेरबहादुर तामाङ मन्त्री भएर जाँदैछन् ।

salt training

कमेन्ट गर्नुहोस्