२६ असार २०८३, शुक्रबार

बाबुरामको प्रश्नः संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घॉटी कसरी जोडियो ?

बाबुरामको प्रश्नः संविधान जारी हुॅदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घॉटी कसरी जोडियो ?

जसपाका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले पार्टीको महन्थ ठाकुर समूह सरकारमा सहभागी भएपछि आलोचना गरेका छन् ।
संविधान जारी हुँदा मधेसी दल ब्ल्याक आउटमा व्यस्त रहँदा केपी ओलीले दीपावली मनाएको स्मरण गर्दै उनले ‘संविधान जारी हुँदा दीपावली गर्ने र ब्ल्याकआउट गर्नेको घाटी कसरी जोडियो ?’ भन्दै प्रश्न गरेका छन् ।

यो यक्ष प्रश्न प्रश्न भएको उल्लेख गर्दै डा भट्टराईले ट्वीटरमा  अगाडि भनेका छन्, ‘अन्धराष्ट्रवादको नारा दिएर पहाडी मतदाता ठग्ने र क्षेत्रीयतावादका कुरा गरेर मधेसी मतदाता ठग्ने कसरी एकै ठाम ? नाकाबन्दीका कट्टर समर्थक र विरोधीको सालनाल कहॉ जोडिएको रहेछ? दुबैको मुकुण्डो उत्रिएन त ?’

salt training

कमेन्ट गर्नुहोस्