×

NMB BANK
NIC ASIA

विकासको कामवापत खाद्यान्न

जेठ २२, २०७८

NTC
फाइल तस्वीर
Premier Steels

यार्सागुम्वा लगायतका जडीवुटी सङ्कलन गर्न नपाएका डोल्पाका सर्वसाधारणलाई प्रदेश सरकारले विकासका काम गरेवापत खाद्यान्न सहयोग गर्न लागेको छ ।

Muktinath Bank

विकास निर्माणको काम गरेवापत खाद्यान्न उपलब्ध गराउनका लागि कर्णाली प्रदेश सरकारले डोल्पाका स्थानीय तहलाइ बजेट निकासा गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

    दुई वर्षसम्म यार्सागुम्वा टिप्न नपाएका यहाँका सर्वसाधारणलाई खाद्यान्न खरिद गर्न मुश्किल भएको भन्दै गुनासो आएको थियो । मुख्य कमाइको माध्यम यार्सागुम्वा नै दुइ वर्ष देखि कोभिडले सङ्कलन गर्न नपाएपछि समस्यामा परेका सर्वसाधारणलाई यो सहायताले राहत मिलेको प्रदेशसभासदस्य वीरबहादुर शाहीले बताए । यो बजेटबाट विपन्न र दलित समुदायका नागरिकलाई मात्र सम्वोधन हुने शाहीले बताए ।  शाहीका अनुसार  डोल्पाका ५ वटा स्थानीय तहमा चामल खरिद गरेर  ढुवानीका लागि समेत अनुदान पठाइएको हो । “जनताले विकास निर्माणका काम गरे वापत खाद्यान्न पाउँने छन्”, उनले भने। 


Advertisment
Nabil box
Kumari

जगदुल्ला गाउँपालिकामा ५ सय ५० क्विन्टल चामल खरिद गरेर वितरणका लागि २८ लाख ५ हजार, मुड्केचुला गाउँपालिकामा ७ सय ५० क्विन्टल चामलका लागि ३८ लाख २५ हजार, त्रिपुरासुन्दरी नगरपालिकालाई हजार ५० क्विन्टल चामलका लागि ५३ लाख ५५ हजार रकम पठाइएको छ । काइके गाउँपालिकाका लागि ५ सय ५० क्विन्टल चामलका लागि २८ लाख ५ हजार, ठूलीभेरी नगरपालिकालाई १ हजार ५० क्विन्टल चामलका लागि ५३ लाख ५५ हजार रूपैँयाको चामल खरिद गरेर वितरण गर्न दिइएको छ । 

Vianet communication

    यस भन्दा पहिले उपल्लो डोल्पाका शे फोक्शुण्डो गाउँपालिकामा १५ सय क्विन्टल, डोल्पोबुद्धमा ८ सय ७५ र छार्काताङसोङमा ७ सय क्विन्टल चामल खाद्यान्न ढुवानीका लागि अनुदान दिएकोमा थप गरेर तीन वटै गाउँपालिकाका लागि आठ सय क्विन्टल चामल ढुवानी अनुदान प्रदेश सरकारले दिने भएको छ । 

    दलित र विपन्नलाइ मात्र विकासे काम गरे वापत दिने निर्णयले आफूहरु पीडामा भएको अन्य सर्वसाधारणको गुनासो छ । जगदुल्ला गाउँपालिका –५ का रामबहादुर रोकायले भने, “ हामी सबैको अवस्था उस्तै हो, को धनी को गरिव, सबैलाइ खाद्यान्न वितरण भएको भए राम्रो हुने थियो । ”  यहाँका स्थानीयले उत्पादन गरेको अन्नले तीन महिना पनि खाना नपुग्ने भएकोले सबैले खाद्यान्न पाउनु पर्ने माग उठेको छ ।  कर्णालीका पाँच जिल्लालाइ खाद्यान्न ढुवानीका करिव साढे दुई करोड बजेट छुट्याइएको  छ । कर्णाली प्रदेश सरकारले ८ हजार ३ सय क्विन्टल खाद्यान्न ढुवानीका लागि २ करोड ४७ लाख ९८ हजार रुपैयाँ छुट्याएको हो । 

वर्षेनी खाद्यान्न सङ्कट पर्ने कर्णालीमा यो वर्ष कोरोना महामारीले थप सङ्कट पर्ने आँकलन गरिएको छ । तत्कालका लागि मुगु, हुम्ला र डोल्पामा खाद्यान्न ढुवानीका लागि खाद्य प्रविधि तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक कार्यालय सुर्खेतलाई उक्त बजेट दिने निर्णय भएको हो ।  अनुदान स्वरुप दिइने उक्त बजेट  कम्पनीलाई उपलब्ध गराउन कर्णाली प्रदेशको मन्त्रिपरिषदले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई स्वीकृति दिएको छ ।

त्यस्तै खाद्यान्न कार्यक्रम सञ्चालन भइरहेका कालिकोट र डोल्पामा पनि थप खाद्यान्न खरिद गर्न स्थानीय तहलाई निर्देशन दिइएको छ । खाद्यान्न खरिदका लागि आवश्यक बजेट स्थानीय तहलाई उपलब्ध गराउन पनि सोही मन्त्रालयलाई स्वीकृति दिएको छ । जिल्लाहरूलाई जिल्ला दररेटका आधारमा कामदारलाई खाद्यान्न वितरण गर्न स्थानीय तहलाई निर्देशन दिइएको हो । 

कर्णालीमा भोकमरी टार्न खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालू आर्थिक वर्षमा डोल्पा, हुम्ला, जुम्ला, मुगु र कालिकोटका लागि ४१ हजार २०० क्विन्टल खाद्यान्न स्वीकृत गरेको छ । तर कोरोना महामारीका कारण भोकमरी पर्ने डरले डोल्पा, हुम्ला, मुगु र जुम्लामा थप खाद्यान्न माग गरिएको छ ।

महामारीका कारण चीनबाट खाद्यान्न आपूर्ति बन्द हुनु र अधिकांश नागरिकहरू गाउँ फर्केपछि डोल्पा, हुम्ला, मुगु र जुम्लाले थप ४० हजार क्विन्टल खाद्यान्न माग गरेका हुन् । जसमध्ये मुगुले १८, हुम्लाले १६, डोल्पा र जुम्लाले ३–३ हजार क्विन्टल खाद्यान्न माग गरेका छन् ।  हेमन्त केसी,रासस

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x