×

NMB BANK
NIC ASIA

स्वास्थ्य

जथाभावी औषधीय प्रयोगले ‘कालो ढुसी’ ! खतराबाट जोगिन के हो आयुर्वेद विधि ?

जेठ २२, २०७८

NTC
Premier Steels

अहिले भारत र नेपालमै पनि कोभिडका बिरामीमा कालो ढुसीको समस्या देखिएको र त्यसकै कारणले ज्यान गुमाउनेको संख्या पनि बढिरहेको छ ।

Muktinath Bank

कालो ढुसीको प्रमुख कारणमा कोभिड हुँदा प्रयोग गरिएका एन्टिबायोटिक र स्टेरोइड प्रमुख हुन् । यिनीहरूको जथाभावी प्रयोग नगर्न भनिएको छ । यद्यपि तीबाहेक अन्य कारणहरू पनि हुन सक्छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अहिले होम आइसोलेसनमा रहेका र प्रायः हामी सबैले इम्युनिटी बढाउन विभिन्न जडिबुटीको प्रयोग गरिरहेका छौं । अचम्मको कुरा के छ भने अपवादबाहेक सबैले सुनेको, सामाजिक सञ्जालमा हेरेको/देखेको र विज्ञापनको भरमा जडिबुटी र आयुर्वेदिक औषधिको सेवन गरेका छौं ।


Advertisment
Nabil box
Kumari

यसको मुख्य कारण आयुर्वेद औषधिको प्रतिअसर (साइड–इफेक्ट) हुँदैन भन्ने हो । मात्रा नमिलेमा र प्रयोग गर्ने घटकको उचित सम्मिश्रण नभएमा आयुर्वेद औषधिले पनि लाभको सट्टा काम नगर्ने वा हानि गर्ने पनि हुन सक्छ । हामी सबैमा आयुर्वेद औषधिको प्रतिअसर हुँदैन/गर्दैन भन्ने भ्रम छ । आयुर्वेदकै कतिपय स्वास्थ्यकर्मी र चिकित्सकले समेत खुलेर आयुर्वेद औषधिको प्रतिअसर हुन्छ भनेर भनेको पाइँदैन । त्यसले तत्कालै फाइदा पुगेजस्तो (आम मान्छेलाई आयुर्वेद औषधिको साइडइफेक्ट हुँदैन खाउँ न भनेर प्रयोग गर्ने गरेको/गराएको) देखिए पनि त्यो मुतको न्यानो मात्रै हो । 

Vianet communication

आयुर्वेद औषधि सेवन गर्दा चिकित्सक र स्वास्थ्यकर्मीलाई सोध्ने र बिरामी हुँदा जाँच्नुपर्छ भन्ने मानसिकता बन्न लामो समय लागेको छ । खैर, अहिलेलाई कोभिड भएका बिरामी वा कोभिडपछि कालो ढुसी वा अन्य समस्या नहोस् भन्नका खातिर घरमै गर्न सकिने उपाय र नियमित चिया/काँढाको रूपमा प्रयोग गरिने केही औषधीय जडिबुटीको मात्रा, त्यसले गर्न सक्ने हानि र सावधानीबारे उल्लेख गरौं –

१.गुडूची

ताजा डाठको रस १०–२० मिलि उमालेर राखेको पानीमा मिसाएर ।

पाउडर (धुलो) – ३–६ ग्राम (१–२ चम्चा)
काँढा – ५०–१०० मिलि
दिनमा ३–४ पटक प्रयोग गर्ने ।

२. यष्टिमधु (जेठीमधु) 

पाउडर (धुलो) – ३–६ ग्राम (१–२ चम्चा) दिनमा ३–४ पटकसम्म
चिया बनाएर खादा – ५०–१०० मिलि

३. अदुवा (सुँठो – सुकेको अदुवा) 

ताजा रस ५–१० मिलि तातो पानी/महसँग
पाउडर (धुलो) – १–२ ग्राम (१/२–१ सानो चम्चा)
काँढा – ५०–१५० मिलि
दिनमा ३–५ पटकसम्म प्रयोग गर्ने ।

सावधानी :
– हातगोडा पोल्ने, पिसाब पोल्ने, मुख, नाक, मलद्वार आदिबाट रगत बग्ने समस्या भएको बेलामा सेवन नगर्ने ।
– गृष्म (जेठ–असार) र शरद (असोज–कात्तिक) ऋतुमा कम सेवन गर्नुपर्छ ।

४. पिप्पली (पिपला) 

पाउडर (धुलो) – ०.५–१ ग्राम (१/४–१ चम्चा)
दम र खोकीमा पिप्पला चुस्न पनि सकिन्छ ।

पुरानो ज्वरोमा ०.५ ग्राम धुलो दिनमा २ पटकसम्म गुडमा मिसाएर खान सकिन्छ ।

५. मरिच

पाउडर (धुलो) – ०.५–१ ग्राम (१/४–१ चम्चा) बिहान र साँझ तातोपानीसँग खानापछि सेवन गर्ने । मसलाको रूपमा प्रयोग गर्दा पनि थोरै मात्रामा गर्ने ।

सावधानी :

धेरै सेवन गर्दा हातगोडा पोल्ने, पिसाब पोल्ने, पेट दुख्ने, वान्ता हुने जस्ता समस्या हुन सक्छन् ।

६. हरिद्रा (बेसार)

ताजा रस १०–२० मिलि दूध वा तातोपानीसँग
पाउडर (धुलो) – १–३ ग्राम (१/२–१ चम्चा)
दिनमा २ पटक खानापछि प्रयोग गर्ने ।

सावधानी ः पिसाब सम्बन्धी समस्या भएका र गर्मी प्रकृतिको शरीर भएका व्यक्तिले विचार पुर्‍याउनुपर्छ ।

७. तुलसी

ताजा रस ५–१० मिलि बिहान/बेलुका महसँग
पातको पाउडर (धुलो) – १–३ ग्राम (१/२–१ चम्चा)
दिनमा २–३ पटक प्रयोग गर्ने ।

८. ज्वानो

पाउडर (धुलो) – १–३ ग्राम (१/२–१ चम्चा)
चियाजस्तो पकाएर चिसो बनाएर – ५०–१५० मिलि
दिनमा ३–४ पटक प्रयोग गर्ने ।

बजारमा तयारी चियाहरू पनि पाइन्छन्, तिनीहरू सेवन गर्ने तरिका त्यसमा राखिएका घटकअनुसार फरक–फरक हुन सक्छन् । सामान्यतया दिनमा २–३ पटक प्रयोग गर्न सकिन्छ ।

यद्यपि सबै प्रकारका जडिबुटी वा आयुर्वेद औषधि सेवन गर्नुअघि स्वास्थ्यकर्मी वा चिकित्सकसँग परामर्श लिनु जरुरी हुन्छ ।

कालो ढुसीबाट बच्न घरमै गर्न सकिने कुराहरू (स्वस्थ व्यक्तिले पनि गर्नुपर्छ) –

१. एन्टिबायोटिक, स्टेरोइड, आयुर्वेद औषधि लगायतका कुनै पनि औषधिहरू सुनेको/फलानाले प्रयोग गरेर ठीक भएको, सामाजिक सञ्जालमा भेटेको जस्ता कुराको पछि नलागी स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह विना आफूखुशी प्रयोग नगर्ने/नगराउने ।

२. सुगर– प्रेसर जस्ता रोग भएका बिरामीले आहारबिहारमा विचार पुर्‍याउने, कम्तिमा बढ्न नदिने ।

३. व्यक्तिगत सरसफाइमा ख्याल गर्ने ।

४. नाकमा औषधियुक्त तेल वा शुद्ध तिलको तेल राख्ने । (आयुर्वेद औषधि पसलमा सजिलै पाइन्छ, प्रयोग विधि सोध्न पनि सकिन्छ ।)

५. बिहानमा दाँत माझेपछि तोरी वा तिलको तेल मुखमा केहीबेर राख्ने र थुक्ने गर्ने ।

६. त्रिफला पानीे वा फिटकिरी पानीले मुख कुल्ला गर्ने । त्रिफला पानीले नियमित आँखा पनि छ्याप्ने ।

७. खुला ठाउँमा बस्ने गर्ने । चिसो/ओसिलो ठाउँमा नबस्ने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १९, २०८०

धेरै मानिसको मुटुरोगका कारण मृत्यु हुन्छ । आजकल त युवा अवस्थामै मुटुरोग वा हृदयघात भएर मर्ने व्यक्तिको संख्या बढ्दो छ । तर हृदयघात हुँदैछ भनी सचेत गराउने संकेतहरू शरीरले पहिल्यै दिन्छ । हुन त सबैलाई यस्त...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक १६, २०८०

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x