२५ असार २०८३, बिहीबार

सङ्क्रमण घटेसँगै अस्पतालमा शय्या खाली

जेठ २२, २०७८
सङ्क्रमण घटेसँगै अस्पतालमा शय्या खाली

कोरोना सङ्क्रमण दर घटेसँगै बाँकेमा कोरोनाको उपचार हुँदै आएका भेरी अस्पताल र शिक्षण अस्पतालका शय्या खाली भएका छन् । 

    लुम्बिनी प्रदेशका साथसाथै कर्णाली र सुदूरपश्चिमका जिल्लाबाट प्रेषण भई आउने बिरामीको चाप हुने भेरी अस्पतालको कोभिड वार्डमा रहेका २०० मध्ये ४४ शय्या खाली भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोतव्यक्ति तेज वलीले जानकारी दिए।

उनका अनुसार अहिले भेरीमा १४१ बिरामी छन् । त्यसमा ३३ सिकिस्त रहेका छन् । कोहलपुरस्थित शिक्षण अस्पतालमा रहेका १३० श्ययामध्ये ५२ शय्या खाली छन् । अठहत्तर बिरामी भर्ना भएकामा ७० सिकिस्त छन् । 

    यसैगरी वेस्टर्न अस्पतालका १६ सर्जिकलमध्ये १३ शय्या र युनाइटेड अस्पतालका १५ मध्ये १० शय्या खाली भएका छन् । बाँकेका अस्पतालमा अहिले बाहिरी जिल्लाका बिरामीको चाप रहेको जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले जानकारी दिए। 
 

salt training

कमेन्ट गर्नुहोस्