२६ असार २०८३, शुक्रबार

बाँकेमा बिस्फोट १ को मृत्यु, २ घाइते

जेठ २२, २०७८
बाँकेमा बिस्फोट १ को मृत्यु, २ घाइते

बाँकेको नेपालगञ्जको निर्माणाधिन उद्योगमा रंगरोगन गर्दा ‘कम्प्रेसर’ मेसिन विस्फोट हुँदा एक जना कामदारको मृत्यु भएको छ ।

बिस्फोटमा परी अन्य दुईजना घाइते भएका छन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर–२१ बिर्ता भन्ने ठाउँमा किसान फिड मिल प्रालिमा रंगरोगन गर्न काम भइरहेको थियो । 

हावाको चाप अनियन्त्रित भएर कम्प्रेसर बिस्फोट हुँदा मिलमा कार्यरत बाराको कलैया उपमहानगर–१९ का २५ वषीय कामदार साविराज मियाँको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका डिएसपी सुवास खडकाले लोकान्तरलाई जानकारी दिए ।

मजदुर ईसराद्दिन मियाँ र नसरुद्दिन मियाँ पनि घाइते भएका छन । उनीहरुको नेपालगञ्ज नर्सिङ्ग होममा उपचार भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्