०८ साउन २०८३, शुक्रबार

देश आन्तरिक र बाह्य खतराको बाटोमा उन्मुख देखिन्छ : रवीन्द्र मिश्र

देश आन्तरिक र बाह्य खतराको बाटोमा उन्मुख देखिन्छ : रवीन्द्र मिश्र

विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश आन्तरिक र बाह्य खतराको बाटोमा उन्मुख देखिएको बताएका छन् ।

शनिवार सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष मिश्रले उपप्रधानमन्त्री राजेन्द्र महतोले दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘संविधान जलाउनेलाई संविधान र देशको रक्षक बनाएपछि उनीबाट ‘बहुल राष्ट्रिय राज्यका लागि आन्दोलनको तयारी गर्ने’ अभिव्यक्ति आउनु अचम्मको कुरा होइन । यही ताल हो भने देश आन्तरिक र बाह्य खतराको बाटोमा उन्मुख देखिन्छ । ढिलो गरी आएको चेतना शिक्षा होइन, पश्चातापमा सीमित हुन्छ । बेलैमा सबै सजग हौं ।’
 

salt training

कमेन्ट गर्नुहोस्