२१ असार २०८३, आइतबार

नेपाली सेनाको अगुवाइमा हिमालबाट २८ हजार किलो फोहर संकलन

जेठ २२, २०७८
नेपाली सेनाको अगुवाइमा हिमालबाट २८ हजार किलो फोहर संकलन

नेपाली सेनाले विश्व वातावरण दिवसका अवसरमा सफा हिमाल अभियानमा संलग्न सैनिक टोली र सहयोगी संस्थालाई कदरपत्र प्रदान गरेको छ ।

सैनिक मुख्यालय जंगी अड्डामा शनिवार आयोजित कार्यक्रममा प्रबन्धरथी उपरथी गोकुल भण्डारीले उनीहरूलाई कदरपत्र प्रदान गरे ।

सेनाको अगुवाइमा सर्वाेच्च शिखर सगरमाथा सहित ल्होत्से, मकालु, धवलागिरी, पुमोरी र आमादब्लम हिमालबाट गत चैत ३१ गतेदेखि जेठ १५ गतेसम्म २७ हजार ६७१ किलो फोहर संकलन गरिएको थियो ।

अभियानका क्रममा संकलन गरेको नकुहिने २५ हजार १६६ फोहर प्रशोधनका लागि काठमाडौं ल्याएर सम्बन्धित संस्थालाई हस्तान्तरणका साथै कुहिने २ हजार ५०५ किलो सम्बन्धित क्षेत्रका स्थानीय तहलाई बुझाइएको थियो ।

यस क्रममा धौलागिरी हिमालको आधार शिविरमा भेटिएका २ शव र सगरमाथाको चौथो क्याम्पमा फेला परेका २ शव उचित व्यवस्थापनका लागि सम्बन्धित अधिकारीलाई बुझाइएका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

कदरपत्र हस्तान्तरण कार्यक्रममा उपरथी भण्डारीले अभियानले हिमाल सफाई सम्बन्धमा आम जनतालाई सूसूचित गराउन,मुलुकको अमूल्य नीतिका रूपमा रहेका हिमालको मनोरम कायम राख्न तथा नागरिक–सैनिक सम्बन्ध विस्तार र सहकार्यमा नमूना प्रस्तुत भएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्