०८ असार २०८३, सोमबार

तेस्रो चरणको कोरोना विरुद्धको खोप जेठ २५ र २६ गते लगाइने

जेठ २४, २०७८
तेस्रो चरणको कोरोना विरुद्धको खोप जेठ २५ र २६ गते लगाइने
प्रतिकात्मक तस्वीर

कोभिड–१९ विरुद्धको तेस्रो चरणको खोप जेठ २५ र २६ गते दिइने भएको छ ।

स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीका अनुसार जिल्लामा रहेका ६२, ६३ र ६४ वर्ष उमेर समूहका व्यक्तिलाई खोप दिन लागिएको हो ।

चीन सरकारको अनुदानमा प्राप्त ‘भेरोसिल’ खोप जिल्लामा ११ हजार मात्रा आइसकेको उनले जानकारी दिए । उनका अनुसार यो खोप जो जहाँ छ त्यहीँ लगाउने गरी दिइन थालिएको हो ।

हरेक वडामा नै खोपको व्यवस्था गरिएको उनले बताए । चितवनका ७ पालिकामा रहेका वडाका स्वास्थ्य संस्थामा खोप उपलब्ध गराइने छ ।

कोरोना कहरका कारण भीडभाड नगरी स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिन लागिएको हो । उनले भने, ‘खोप अभियान २ दिनसम्म चल्नेछ, स्वास्थ्य मापदण्डको पालना गर्दै खोप दिइने छ ।’

पालिकास्तरीय खोप केन्द्रमा छुटेकालाई थप १ दिन थपिने छ । जिल्लामा यसअघि २ चरणको खोप अभियान सम्पन्न भएको छ । ती अभियानमा ३९ हजार व्यक्तिले पहिलो खोप लगाएका छन् ।

खोप लिन आउँदा परिचयपत्र अनिर्वाय गरिएको उनले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्