२२ असार २०८३, सोमबार

एकताबारे ओलीको भनाइ झूट, भ्रामक र षड्यन्त्रपूर्ण छ : प्रचण्ड

एकताबारे ओलीको भनाइ झूट, भ्रामक र षड्यन्त्रपूर्ण छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एकताबारे प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ झूट, भ्रामक र षड्यन्त्रपूर्ण रहेको दाबी गरेका छन् ।

सामाजिक सञ्जाल ट्विटरमा प्रतिक्रिया जनाउँदै अध्यक्ष प्रचण्डले ओलीको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गरेका छन् ।

प्रधानमन्त्री ओलीले आइतवार साँझ लिखित वक्तव्य जारी गर्दै तत्कालीन नेकपा एकता अदालतले नभई प्रचण्डले भंग गरेको आरोप लगाएका थिए । अदालतले पुनः एकताको प्रक्रियामा आउन दिएको समयभित्र प्रचण्डले एकताका लागि रुचि नदेखाएका कारण एमाले र माओवादी छुट्टिनु परेको बताउँदै आएका छन् ।

यस्तो आरोपबारे जवाफ दिँदै प्रचण्डले भनेका छन्, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झूट, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भर्त्सना गर्दछु ।’

salt training

कमेन्ट गर्नुहोस्