×

निषेधाज्ञाले बिक्री भएनन् हाँस, किसानलाई दाना खुवाउन धौधौ

जेठ २४, २०७८

प्रतिकात्मक तस्वीर

तनहुँको व्यास नगरपालिका–१३ निवासी ईश्वरराज पन्थले व्यावसायिक रूपमा पालेका स्थानीय जातको हाँस नबिक्दा दाना खुवाउन समेत धौधौ भएको छ ।

दोस्रो भेरियन्ट सहितको कोभिड–१९ बाट सुरक्षित हुन जिल्ला प्रशासन कार्यालय तनहुँले बन्दाबन्दीको आह्वान गरेपछि बजार पूर्णरूपमा बन्द हुँदा हाँस बिक्री नभएको हो । 


Advertisment

किसान पन्थले व्यास नगरपालिका–१३ को गुदीमा कडकनाथ कुखुरा २ हजार र टर्की ५०० पालेका छन् भने सोही वडाको पोखरीभञ्ज्याङमा २ लाख माछा र ८ हजार हाँस पालेका छन् । करीब १४ करोड रुपैयाँको लगानी गरी फार्म सञ्चालनमा ल्याइएको हो ।


Advertisment

झण्डै १४ करोडको लगानीमा निर्माण गरिएको सो फार्म सम्भवतः नेपालकै ठूला फार्म भएको दाबी गरिएको छ । 

उनले गाउँफर्क कृषि फार्म र युगिन कृषि फार्म प्रालि गरी २ वटा फार्म सञ्चालन गरी व्यावसायिक रूपमा अघि बढेका छन् । बन्दाबन्दीपश्चात दाना खुवाउन समस्या भएपछि सामाजिक सञ्जाल फेसबूकमा बिक्रीको लागि राखिएपछि दिनमा २० देखि २५ किलो ग्रामसम्म मासु बिक्री हुने गरेको छ । 

बन्दाबन्दीमा खुद्रा बिक्री गरेको हाँसको पैसाले हाँसलाई दाना खुवाउन समेत धौधौ हुन थालेको किसान पन्थले बताए । हाँसको मासु र अण्डाको लागि बिहान र दिउँसो माग लिएर बेलुका घरघरमा पुर्‍याइदिने गरिएको छ ।

‘दाना खुवाउन पनि समस्या हुन थालेपछि फुटकर भएपनि बिक्री गर्न थालिएको हो,’ उनले भने, ‘निषेधाज्ञा हटेर बजार खुल्न थालेपछि बिक्रीको लागि समस्या हँुदैन्थ्यो । होटल तथा रेस्टुरेन्टहरूमा लगेर बिक्री गर्न पाए धेरै सहज हुने थियो ।’

चितवनको भाटभटेनी सुपरमार्केटले केही शर्त सहितको सम्झौता गरी मापदण्ड अनुरूपको सबै कुरामा ठीक भई २ टन मासु तयार गरिसकेको अवस्थामा झ्याप्पै लकडाउन हुँदा समस्या खेप्नुपरेको छ ।

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

संविधान संशोधनको सहमति र अन्तर्यमा लुकेको ‘दुई दलीय’ व्यवस्था !

असार १९, २०८१

नेपाली कांग्रेस र नेकपा (एमाले)बीच नयाँ सत्ता समीकरण बन्ने भएसँगै ‘संविधान संशोधन’ गर्ने विषय मुख्यरूपमा अघि सारिएको छ । यसले परिवर्तनका उपलब्धिलाई प्रतिबन्धित गर्छ कि गर्दैन भन्ने गम्भीर प्रश्न पनि उ...

अतिवादबाट कसरी बच्ने ?

अतिवादबाट कसरी बच्ने ?

असार १५, २०८१

जीवन आशावाद र निराशावादको बादलमा गुजुल्टिँदै आएको छ । आशा गर्नुपर्छ भन्ने पनि छन्, गर्नुहुँदैन भन्ने पनि छन् । खासगरी आध्यात्मवादी दार्शनिकहरू आशा गर्नुहुँदैन भन्छन् । भौतिकवादी दार्शनिकहरू आशावादी हुनुपर्छ भन्ने ग...

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

शासन प्रणालीलाई व्यवस्थित बनाउने ४ सूत्र

असार १४, २०८१

नागरिक र राज्यको असल सम्बन्ध नै सुशासनको विम्ब हो । शान्ति सुरक्षा, व्यावसायिक वातावरण र जनजीविकाका सवालमा राज्यले प्रतिफलमुखी काम गर्नुपर्ने हुन्छ । नागरिकको सन्तुष्टिबाट लोकतन्त्रको लाभांश प्राप्त भएको अनुभूति हुन...

x