२१ जेठ २०८३, बिहीबार

निवर्तमान राज्यमन्त्री मानन्धरले गरे आवास सुविधा फिर्ता

जेठ २४, २०७८
निवर्तमान राज्यमन्त्री मानन्धरले गरे आवास सुविधा फिर्ता

निवर्तमान शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मन्त्रीका हैसियतमा प्राप्त हुने आवास व्यवस्थापन लगायत आर्थिक सुविधा नलिएर सरकारी कोषमा जम्मा गराएका छन् ।

विक्रम संवत् २०७६ मंसिर ४ देखि जेठ २१ गतेसम्म राज्यमन्त्री भएका मानन्धरले आवासीय सुविधा नलिएका मन्त्रीहरूलाई निवास व्यवस्थापनका लागि उपलब्ध गराइने प्रतिमहिना ४० हजार रुपैयाँका दरले हुने ७ लाख २० हजार रकम नलिइएको जानकारी दिए ।

नेकपा एमालेका युवा नेता मानन्धरले सोमवार विज्ञप्ति जारी गर्दै कार्यालय व्यवस्थापनका सुविधाअन्तर्गत प्राप्त हुने २ लाख रकम समेत सरकारी कोषमा नै रहेको बताए । उनले खर्च भएर नजाने जिन्सी सामान, ल्यापटप तथा आइप्याड र सवारी साधन फिर्ता बुझाएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्ने अभियानमा आफू निरन्तर लागेको र अब पनि कुनै कमी नहुने जनाउँदै काठमाडौं–७ का निवर्तमान प्रतिनिधिसभा सदस्य मानन्धरले आफूले पाएको पारिश्रमिकको आधा रकम कोभिड–१९ रोकथाम कोषमा जम्मा गरेको तथा आफ्नो चल–अचल सम्पतिमा कुनै हेरफेर नभएको पनि स्पष्ट गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्