
फिफा विश्वकप तथा एसिया कपको छनोट अन्तर्गत नेपाल र जोर्डनबीचको खेल सुरु भएको छ । खेलका लागि नेपालले आफ्नो शुरुवाती ११ सार्वजनिक गरिसकेको छ ।
कुवेतको ‘जबर अल–अहमद अन्तराष्ट्रिय रंगशालामा सुरु आजको खेल नेपालको लागि एउटा कठिन परीक्षा हुने अनुमान गरिएको छ।
नेपाल फिफा बरियतामा १७१ औं स्थानमा छ भने जोर्डन ९५ औं स्थानमा रहेको छ।
फिफा विश्वकप २०१४ को छनोट खेलमा यी दुई टोलीले प्रतिस्पर्धा गर्दा जोर्डनले नेपाललाई घरेलु मैदानमा ९–० गोलले पराजित गरेको थियो।
तर दोस्रो लेगकोे खेलमा नेपालले जोर्डनलाई घरेलु मैदानमा १-१ गोलको बराबरीमा रोक्न सफल भएको थियो। सो बेला वर्षका बीच खेल चलेको थियो ।
सन् २०१९ मा फिफा विश्वकप छनोट २०२२ को लागि यी दुई टोली बिच खेलिएको पहिलो लेगकोे खेलमा पनि जोर्डनले नेपाललाई ३-० गोलले पराजित गरेको थियो।