
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले माधव कुमार नेपालको शर्त स्वीकारेर पार्टी एकता नहुने टिप्पणी गरेका छन् ।
उनले मंगलवार ट्वीटरमा एक ट्वीट गर्दै तेल निकाल्न बालुवा नभइ तोरी पेल्नुपर्ने समेत बताएका छन् ।
उनले भनेका छन्,'अध्यक्षको वक्तव्य मानेर आउनेलाई स्वागत गराैं,असम्भव काेशिस छाेडाैं।'
अब जेठ२काे रटानकाे अध्याय सकिएकाे छ।
माधव कु नेपालका शर्त स्वीकारेर त एकता हुँदैन।यी शर्तमा नेपाल गुटसँग हाेइन,देउवाकाे काँग्रेससँग बरू एकता हाेला।तेल निस्काल्न बालुवा हाेइन ताेरी पेल्नुपर्छ। ल्याङल्याङ अति भयाे!अध्यक्षकाे वक्तव्य मानेर आउनेलाई स्वागत गराैं,असंभव काेशिस छाेडाैं। pic.twitter.com/P8NmFb47n3
— Surya Thapa (@ThapajiSurya) June 8, 2021