२१ जेठ २०८३, बिहीबार

अस्पतालको सुरक्षागार्डले अपरेसन गरेपछि महिलाको मृत्यु

जेठ २५, २०७८
अस्पतालको सुरक्षागार्डले अपरेसन गरेपछि महिलाको मृत्यु

पाकिस्तानको लाहोरमा रहेको मायो अस्पतालमा सुरक्षागार्डले रोगीमाथि अपरेसन गरेपछि रोगीको मृत्यु भएको छ । 

८० वर्षीया शमीमा बेगमलाई ढाडमा चोट लागेपछि शल्यक्रिया गर्नुपरेको थियो । उनलाई सुरक्षागार्ड मुहम्मद वहीद बटले अपरेसन गरेपछि आइतवार उनको मृत्यु भयो । 
 

बटलाई प्रहरीले हिरासतमा लिएको छ । 

उसले शल्यक्रिया कक्षमा आफैं सर्जन बनेर रोगीको परिवारसँग पैसा समेत लिएको थियो । उससँग तालिमप्राप्त एक प्राविधिक पनि थियो । 

उक्त सुरक्षागार्डले पहिले पनि चिकित्सक बन्ने नाटक गरेको र रोगीको घर समेत जाने गरेको प्रहरीको भनाइ छ । 
 

रोगीहरूबाट पैसा धुतेको आरोपमा उसलाई दुई वर्षअघि जागिरबाट निकालिएको अस्पतालको दाबी छ । 

अनि यसरी निकालिएको मानिसले अस्पतालमा आएर कसरी शल्यक्रिया गरेको हो भन्दा अस्पतालका अधिकारीले ‘यति ठूलो अस्पतालमा कसले के गर्छ, हेरेर साध्य हुँदैन’ भनी गैरजिम्मेवार जवाफ दिएका थिए । 
 

बटले शल्यक्रिया गरेपछि बेगमको परिवारले पैसा तिरेको थियो र बट दुईपटक घरैमा गएर उनको घाउको ड्रेसिङ गरेको थियो ।

तर रगत बग्ने र पीडा बढ्ने भएपछि बेगमलाई पुनः अस्पताल लगिएको थियो । त्यसपछि बल्ल सुरक्षागार्डको वास्तविकता उनीहरूले थाहा पाए । 

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ ।  
 

salt training

कमेन्ट गर्नुहोस्