११ साउन २०८३, सोमबार
सुदूरपश्चिम प्रदेश

एमालेको नेपाल पक्षले काँध थापेपछि सुदूरपश्चिममा जोगियो माओवादी नेतृत्वको सरकार

एमालेको नेपाल पक्षले काँध थापेपछि सुदूरपश्चिममा जोगियो माओवादी नेतृत्वको सरकार

नेकपा एमालेको माधव नेपाल पक्षको समर्थनका कारण सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार जोगिएको छ ।

प्रदेश सभामा मंगलवार भएको मत विभाजनमा एमालेको माधव नेपाल पक्षले मुख्यमन्त्री त्रिलोचन भट्टको पक्षमा मतदान गरेको हो ।

५१ सांसद उपस्थित भएकोमा मुख्यमन्त्री भट्टको पक्षमा ३० र विपक्षमा ९ मत पर्‍यो कांग्रेसका १२ जना सांसद तटस्थ बसे । विश्वास जित्नका लागि २७ मत आवश्यक थियो ।

सूदुरपश्चिम प्रदेशसभा सभामुख अर्जुनबहादुर थापाले प्रदेश सभामा कायम सदस्य संख्याको बहुमतको समर्थन प्राप्त भएकाले मुख्यमन्त्री भट्टले प्रदेश सभामा विश्वासको मत प्राप्त गरेको घोषणा गरेका छन् ।

सरकारलाई दिएको समर्थन फिर्ता गर्ने एमालेको निर्णयपछि मुख्यमन्त्री भट्टले विश्वासको मत लिएका हुन् ।

एमाले संस्थापन पक्षले विपक्षमा मतदान गर्न निर्देशन दिएपछि सुदूरपश्चिम प्रदेश सभामा माधव नेपाल पक्ष हाबी हुँदा उनीहरूले केन्द्रको निर्देशन मानेनन् । 

salt training

कमेन्ट गर्नुहोस्