३० जेठ २०८३, शनिबार

शाकाहारीहरूलाई कोभिडको गम्भीर असर नपर्ने अध्ययनको निष्कर्ष

भदौ २६, २०७८
शाकाहारीहरूलाई कोभिडको गम्भीर असर नपर्ने अध्ययनको निष्कर्ष

मासु खाने मानिसको तुलनामा शाकाहारी भोजन गर्नेलाई कोभिड–१९ गम्भीर रूपमा लाग्ने जोखिम ७३ प्रतिशत कम हुने एक नयाँ अध्ययनले देखाएको छ । 

अघिल्ला अध्ययनहरूले कोभिड संक्रमणको गम्भीरता तथा अवधि र भोजनबीचको सम्बन्ध देखाएकोमा अनुसन्धाताहरूले त्यसमा थप परीक्षण गरेका हुन् । 

सन् २०२० को जुलाईदेखि सेप्टेम्बर महिनासम्म भाइरसबाट संक्रमित भएका २८ सय ८४ जना चिकित्सक र नर्सहरूमाझ सर्वेक्षण गरिएको थियो । जोन्स हप्किन्स ब्लूमबर्ग स्कूल अफ पब्लिक हेल्थले भोजन र कोभिड–१९ को गम्भीरताका विषयमा अध्ययन गरेको हो । 

सर्वेमा भोजन, स्वास्थ्य इतिहास र कोभिडका लक्षणका बारेमा सोधिएको थियो । त्यसपछि मासु नखाने मान्छेमा गम्भीर कोरोना कम हुने पाइएको हो । 

शाकाहारी भोजनमा भिटामिन, पोषक तत्त्व तथा मिनरलहरू बढी हुने भएकाले स्वस्थ रोगप्रतिरोधक प्रणाली बन्ने र गम्भीर कोभिड नलाग्ने अनुसन्धाताहरूको निष्कर्ष छ । 

शाकाहारी भोजनमा कोलेस्ट्रोलको मात्रा मासुको भन्दा कम हुने कुरा ५० वटा अध्ययनको साझा निष्कर्ष छ । 

शाकाहारीहरू हरियो सागपात, फलफूल र काजुबदाम खाने हुनाले स्याचुरेटेड फ्याट कम लिन्छन् । 

यी खानेकुराहरू घुलनशील फाइबर, सोय प्रोटीन र बिरुवामा पाइने स्टेरोलले भरपूर हुन्छन् र तिनमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । 

salt training

कमेन्ट गर्नुहोस्