०८ असार २०८३, सोमबार

इजरायल : अचानक बनेको खाल्डोले निल्यो ३ कार (भिडियो)

जेठ २६, २०७८
इजरायल : अचानक बनेको खाल्डोले निल्यो ३ कार (भिडियो)

इजरायलको जेरुसेलमस्थित एक अस्पताल बाहिर अचानक ठूलो खाल्डो बनेर तीनवटा कारहरू निलेको भिडियो सार्वजनिक भएको छ । 

सोमवार अपराह्न शारे जेदेक मेडिकल सेन्टरबाहिर घटना भएको हो । 

एउटा राजमार्ग सुरुङ खनिरहेको ठाउँ नजिक खाल्डो बनेको हो । त्यो सुरुङ अस्पताल र त्यसको पार्किङ लटमुनिबाट जान्छ र त्यो आंशिक रूपमा भत्केको छ । 

सीसीटीभी फूटेजमा तीनवटा कारहरू खाल्डोमा पसेको देखिन्छ । खाल्डो १०० यार्ड चौडा थियो । 

घटनास्थलमा स्थानीय फायर ब्रिगेडका सात इकाइका सार्थ विशेष उद्धार ट्रक पनि पुगेका थिए । 

कार खाल्डोभित्र पसेको बेलामा कारभित्र कोही पनि थिएन । 

सुरुङ बनाइएकाले यो खाल्डो भएको हो कि हैन भनी अनुसन्धान गरिँदैछ ।
 

salt training

कमेन्ट गर्नुहोस्