०८ असार २०८३, सोमबार

आविष्कार केन्द्रलाई अक्सिजन सिलिन्डर हस्तान्तरण

आविष्कार केन्द्रलाई अक्सिजन सिलिन्डर हस्तान्तरण

बाग्मती प्रदेश एकता समाज दक्षिण कोरियाद्वारा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई ४० लिटर क्षमता भएको १० वाटा अक्सिजन सिलिन्डर सहयोग गरेको छ ।

संस्थाका अध्यक्ष रविप्रताप घिसिङ लगायतले मङ्गलबार आविष्कार केन्द्रमै पुगी उक्त सहयोग गरेको हुन् ।

बाग्मती प्रदेश एकता समाजका तर्फबाट दक्षिण कोरियामा रहेका नेपालीहरूमाझ दुई हप्तासम्म सहयोग सङ्कलन अभियान चलाइएको थियो ।

दुई हप्ताको अवधिमा १९ लाख ५१ हजार कोरियन वन सङ्कलित भएको थियो । उक्त रकममध्येबाट १० ओटा अक्सिजन सिलिन्डर खरीद गरिएको हो ।

राष्ट्रिय आविष्कार केन्द्रका तर्फबाट निमित्त प्रमुख किशोर रिमालले उक्त सामग्री स्वीकार गर्दै सहयोग गरेकामा दक्षिण कोरियाका नेपालीलाई धन्यवाद व्यक्त गर्नुभएको संस्थाका अध्यक्ष घिसिङले बताए ।

सहयोग वितरण कार्यमा संस्थापक यदुकुमार गिरी, चित्रबहादुर मोक्तानलगायतको उपस्थिति थियो ।

अक्सिजन सिलिन्डर खरीदपश्चात् बाँकी हुने रकम पनि कोरोना पीडितहरूकै लागि खर्च गरिने बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्