०४ असार २०८३, बिहीबार

साउनभित्रै बहुवर्षीय ठेक्का शुरू गर्न मन्त्री नेम्वाङको निर्देशन

जेठ २६, २०७८
साउनभित्रै बहुवर्षीय ठेक्का शुरू गर्न मन्त्री नेम्वाङको निर्देशन

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि समयमै कार्ययाजना बनाउन निर्देशन दिएका छन् ।

आगामी आवमा केही कार्यक्रम थप भएकाले भइरहेका र नयाँ कार्यक्रम कार्यान्यवनका लागि समयमा नै लाग्नुपर्नेमा उनको जोड छ ।

उनले मनसुनले सडकमा पार्नसक्ने क्षतिको पूर्वानुमान गरेर तयारी अवस्थामा बस्न निर्देशन दिँदै भने, ‘उपकरण आफूसँग पर्याप्त नभएमा भाडामा लिएर पनि चाँडो खुलाउन लाग्नुपर्छ ।’

मन्त्रालयको वार्षिक समीक्षा बैठकमा बुधवार उनले  संघीय सडक सुपरीवेक्षण कार्यालयले आफू मातहतका डिभिजनको कामको निरीक्षण आग्रह गर्दै भने, ‘सबै कार्यालयले स्थलगत रूपमा भेटिएका समस्या सके त्यहीँबाट नसके माथिल्लो निकायमा भनेर पनि समाधान गर्न पहल गर्नुपर्छ ।’

मन्त्री नेम्वाङले चालु आवमा सबै कार्यालयले वार्षिक लक्ष्यको कम्तीमा दुईतिहाइ प्रगति हासिल गर्नुपर्नेमा जोड दिए । अहिले नै ६६ प्रतिशत प्रगति पुगेका कार्यालयले प्रगति ८० प्रतिशत पुग्ने गरी बाँकी समयमा पनि काम अघि बढाउनुपर्ने उनले बताए ।

मन्त्री नेम्वाङले सबै कार्यालयका प्रमुखलाई असार मसान्तसम्म कार्यस्थल नछाड्न समेत निर्देशन दिए । उनले भने, ‘साउन मसान्तभित्र नै बहुवर्षीय ठेक्काका लागि तयारी गर्नुपर्छ ।’

मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ मर्मतमा प्रगति कम नदेखिएकाले त्यसमा ध्यान दिनुपर्नेमा जोड दिए । 

salt training

कमेन्ट गर्नुहोस्