०८ असार २०८३, सोमबार

लागूऔषधसहित तीन जना पक्राउ

लागूऔषधसहित तीन जना पक्राउ

झापा जिल्लाको कचनकवल गाउँपालिका १ स्थित उग्र गाउँ ईलाकाबाटसशस्त्र प्रहरीले विभिन्न किसिमका लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही जिल्लाको बिर्तामोड नगरपालिका २ बस्ने ३० वर्षिय जीवन धौराली, २२ वर्षिय सुनिल मिश्र र २८ वर्षिय सुरेन्द्र ढकाल छन् ।

मे ९ प ४२१९  नम्बरको मोटरसाईकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट घेराबारीबाट खटिएको सशस्त्र प्रहरीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा कोडिन फोस्पेट क्लोरफेनारमिन सिरफ १४ बोतल, निट्राजेपाम ट्याब्लेट ७४ वटा र २६ ग्राम गाँजा फेला पारेको थियो ।
पक्राउ परेकाहरुलाई बरामद लागूऔषध तथा मोटरसाईसहित आवश्यक कारवाहीको नेपाल प्रहरीलाई बुझाईएको छ ।

salt training

कमेन्ट गर्नुहोस्