१९ असार २०८३, शुक्रबार

नागरिकता अध्यादेश विरुद्धको सुनुवाइका लागि संवैधानिक इजलास बस्दै

नागरिकता अध्यादेश विरुद्धको सुनुवाइका लागि संवैधानिक इजलास बस्दै

नागरिकता अध्यादेशविरुद्ध परेको रिटमाथिको सुनुवाइका लागि संवैधानिक इजलास बिहीवार बस्दैछ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको नेतृत्वमा बनेको संवैधानिक इजलासमा जेठ २१ गते शुक्रवार प्रारम्भिक सुनुवाइ शुरू भएको थियो । 

शुक्रवार हेर्दाहेर्दैमा टुंगिएको सुनुवाइ आज हुन लागेको हो । संवैधानिक इजलासमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वर खतिवडा सदस्य छन् । 

नागरिकता अध्यादेशविरुद्ध वरिष्ठ अधिवक्ता बोर्णबहादुर कार्की लगायत छुट्टाछुट्टै ६ वटा रिट परेका थिए । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते नागरिकता अध्यादेश जारी गरेकी थिइन् । 

salt training

कमेन्ट गर्नुहोस्