१९ असार २०८३, शुक्रबार

गण्डकीका मुख्यमन्त्री गुरुङले राजीनामा दिएको हल्ला फैलिएपछि ..

गण्डकीका मुख्यमन्त्री गुरुङले राजीनामा दिएको हल्ला फैलिएपछि ..

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिने दिन आज बिहीवारै बिहान एउटा समाचार फैलियो ।

जुन समाचार देखेर सबै जना चकित परे । समाचारको व्यहोरा थियो – मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको राजीनामा । 

तर उनले गत वैशाख २६ गते गरेको राजीनामाको व्यहोराको पत्रमा २०७८ जेठ २६ गतेको मिति उल्लेख गरी तोडमोड गरिएको थियो । सोहीलाई आधार मानेर केही मिडियाले समाचार हाले । 

यसैबीच, प्रदेश प्रमुखको कार्यालयले सूचना खण्डन सम्बन्धमा भन्दै विज्ञप्ति जारी गरेको छ । कार्यालयका सूचना अधिकारी चण्डिप्रसाद अर्यालले जारी गरेको विज्ञप्तिमा सामाजिक सञ्जालमा भ्रामक सूचना प्रवाह गरेको कुराले कार्यालयको ध्यानाकर्षण भएको र यस्ता असत्य, भ्रामक सूचना सम्प्रेषण नगर्न नगराउन आग्रह गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्