३० जेठ २०८३, शनिबार

माओवादी मुख्यमन्त्रीलाई सघाउने दल नेतालाई एमालेले सोध्यो २४ घण्टे अन्तिम स्पष्टीकरण

माओवादी मुख्यमन्त्रीलाई सघाउने दल नेतालाई एमालेले सोध्यो २४ घण्टे अन्तिम स्पष्टीकरण

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई पदमा कायम राखिराख्न सघाएर पार्टीको निर्देशन उल्लंघन गरेपछि नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले प्रदेशसभा संसदीय दलका नेता प्रकाशबहादुर शाहलाई २४ घण्टे स्पष्टीकरण सोधिएको छ ।

पार्टीका सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष कर्णबहादुर थापा र सचिव राजेन्द्रसिंह रावलले सोधेको स्पष्टीकरणमा पार्टीको साधारण सदस्यबाटै किन निष्कासित नगर्ने भनेर सोधिएको छ ।

स्पष्टीकरण चित्तबुझ्दो नभएमा वा जवाफ नदिएमा पार्टीबाटै निष्कासित गरेर कारवाही गरिने चेतावनी दिइएको छ ।

अन्तिम पटकलाई सोधिएको भनिएको ६ बुँदे स्पष्टीकरणमा संसदीय दलको विधान पार्टीबाट अनुमोदन नगराएको, पार्टीको निर्देशन पालना नगरेको, विपक्षीसँग साँठगाँठ गरेको, गुटगत भेला र गतिविधि गरेको लगायत आरोप लगाइएको छ ।

यस्तो छ स्पष्टीकरणपत्र –

salt training

कमेन्ट गर्नुहोस्