०२ साउन २०८३, शनिबार

नैनकला मन्त्री बन्दा पहिले सँगै पढाएकी साथी गदगद्, भन्छिन्– राम्रो शिक्षिका हुनुहुन्थ्यो !

जेठ २७, २०७८
नैनकला मन्त्री बन्दा पहिले सँगै पढाएकी साथी गदगद्, भन्छिन्– राम्रो शिक्षिका हुनुहुन्थ्यो !

नैनकला थापा सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेपछि बुटवलकी पूर्व शिक्षिका डम्बर पुन अहिले निकै खुशी छिन् ।

पुन र थापा २०४२ सालमा बुटवलको कालिका मावि (हाल कालिका मानवज्ञान) मा सँगै अध्यापन गराउँथे । बुटवलको कालिका माविमा थापाले चार वर्ष पढाएको पुन बताउँछिन् । थापाले ३६ वर्ष अगाडि बुटवलमा अध्यापन गरेका थिइन् । 

‘उहाँ निकै असल शिक्षक हुनुहुन्थ्यो,’ पुनले भनिन्, ‘उहाँ अंग्रेजी विषय पढाउनुहुन्थ्यो । म विज्ञान शिक्षक थिएँ । हामी साथी थियौं । भर्खरै मन्त्री बनेको थाहा पाएँ । फोन गर्दा व्यस्तव्यस्त भन्यो । उहाँ शिक्षक पछि मन्त्री बन्नुभयो । म रिटाएर भएर घरमा छु ।’

थापाले २०४२ देखि २०४६ सम्म चार वर्ष अध्यापन गरेकी थिइन् । द्वन्द्वकालमा कसैले उनको नाम लिँदैनथे ।

थापा महिला आयोगको अध्यक्ष हुँदा उनले आफ्नो स्कूलमा पढाएको हो भन्ने विषयमा शिक्षहरूबीच चर्चा परिचर्चा हुने गरेको थियो । 

उनले बुटवलको बुटवल माविमा विद्यालय तह पढेकी थिइन् । उच्च शिक्षा भने बुटवल बहुमुखी क्याम्पसमा पढेकी हुन् ।

थापाको बुटवलमै एमाले नेता तथा पूर्व गृहमन्त्री रामबहादुर थापासँग प्रगतिशील विवाह भएको पुनलाई सम्झना छ ।

विवाहपछि उनको चितवनको नारायणी माविमा सरुवा भएको थियो ।

कालिका माविका पूर्व प्रधानाध्यापक घनश्याम पाठकले नैनकला सरुवा भएपछि आफू विद्यालयमा आएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्