एमालेले कारवाही गरेका कर्णालीका सांसदलाई पुनर्बहाली गर्न सर्वाेच्चको अन्तरिम आदेश [पूर्णपाठ]

नेकपा एमालेले कर्णाली प्रदेशमा कारवाही गरेका सांसदको पद यथावत राख्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

सांसद नन्दसिंह बुढा समेतले दिएको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्च अदालतले बिहीवार पद यथावत राख्न आदेश दिएको हो ।


Advertisement

कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको भन्दै एमालेले आफ्ना सांसदलाई कारवाही गरेको थियो । एमालेले सांसदहरू अम्मरबहादुर थापा, प्रकाश ज्वाला, कुर्मराज शाही र नन्दसिंह बुढालाई कारवाही गरेर पदमुक्त गरेको थियो ।

सर्वाेच्चले स्पष्टीकरण सोध्ने र कारवाहीको निर्णय गर्ने अधिकार केन्द्रीय कमिटीलाई भएको भन्दै केन्द्रीय कमिटीबाट नभएको कारवाहीलाई कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ ।

यस्तो छ आदेश –


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्