१० साउन २०८३, आइतबार

सभामुख सापकोटाले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने

सभामुख सापकोटाले आज प्रमुख दलका शीर्ष नेतासँग छलफल गर्ने

सम्माननीय सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु र पूर्वप्रधानमन्त्रीहरुसँग शुक्रवार छलफल गर्दैछन् । 

आज दिउँसो २ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा समसामयिक विषयमा छलफल आयोजना गर्न लागिएको सभामुख सापकोटाका सञ्चारविज्ञ  श्रीधर न्यौपानेले जानकारी दिए । 

यसका लागि सभामुख सापकोटाले पत्राचार नै गरेर विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका नेतालाई छलफलका लागि आमन्त्रण गरेका छन्।

 प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री र  संघीय संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेतालाई बैठकमा बोलाइएको छ । यद्यपी छलफलमा प्रधानमन्त्री ओली भने सहभागी नहुने बालुवाटार स्रोतले जनाएको छ ।

समसामयिक विषयमा छलफलका लागि उनीहरुलाई बोलाइएको बताइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्