०८ असार २०८३, सोमबार

भन्सार छलेर ल्याएको ठूलो परिमाणको चिनी प्रहरीले गर्‍यो बरामद

जेठ २८, २०७८
भन्सार छलेर ल्याएको  ठूलो परिमाणको चिनी प्रहरीले गर्‍यो बरामद

भारतीय सीमा नाका हुँदै भन्सार छलेर नेपाल भित्र्याइएको ठूलो परिमाणको चिनी रूपन्देही प्रहरीले बरामद गरेको छ ।

प्रहरीले सुराकीका आधारमा जिल्लाको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ उद्योगपुरीबाट ५८ बोरा भन्सार छलेर ल्याएको चिनी बरामद गरेको हो । 

नेपाल भित्र्याइएको चिनीसहित सिद्धार्थनगर वडा नम्बर ४ का रचना स्टोरका सञ्चालक देवप्रसाद श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

श्रेष्ठको गोदामबाट २ लाख ३ हजार रुपैयाँ बराबरको ५८ बोरा चिनी बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक भाष्कर चन्दले जानकारी दिए । 

प्रहरीले पक्राउ परेका श्रेष्ठ सहित बरामद भएको चिनी भन्सार कार्यालय बेलहियामा बुझाएको छ । सीमामा कडाई गरेको प्रशासनले दाबी गरेपनि निषेधाज्ञाकै बीचमा अबैध चोरी पैठारी हुने क्रम भने रोकिएको छैन । 
 

salt training

कमेन्ट गर्नुहोस्