३१ असार २०८३, बुधबार
गण्डकी प्रदेशको राजनीति

गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया शुरू हुँदै, कांग्रेसको सरकार बन्ने सम्भावना

गण्डकीमा नयाँ सरकार गठन प्रक्रिया शुरू हुँदै, कांग्रेसको सरकार बन्ने सम्भावना

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभामा विश्वासको मत लिन नसकेपछि शुक्रवार प्रदेश प्रमुखसमक्ष जानकारी गराइँदैछ । 

पोखरा सभागृहमा डाकिएको प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत आठौं बैठकमा पृथ्वीसुब्बा गुरुको प्रस्तावमा विश्वासको मत सम्बन्धी प्रस्ताव अस्वीकृत भएको प्रदेश प्रमुखसमक्ष जानकारी गराउने कार्यसूची रहेको छ ।

बिहान ११ बजेका लागि तय प्रदेशसभा बैठक १२ बजेसम्म पनि शुरू भएको छैन । 

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएको जानकारी पनि संसदमा गराइने भएको छ । उनी संसदीय दलको ह्वीप विपरीत बिहीवारको मत विभाजनमा विपक्षीमा मतदान नगरी तटस्थ बसेका थिए । 

गण्डकीमा मुख्यमन्त्री गुरुङ पदमुक्त भएसँगै नयाँ सरकार गठनको बाटो खुलेको छ । प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८(५) बमोजिम नयाँ सरकार गठनको आह्वान गर्नेछिन् । सो व्यवस्था बमोजिम कुनै पनि सदस्यले बहुमत पुर्‍याउन सके सरकार बनाउन सक्नेछ । 

प्रदेशका युवा तथा खेलकुद मन्त्री दीपक मनाङेलाई मुख्यमन्त्रीले बिहीवार राति नै पदमुक्त गरिसकेका छन् । विश्वासको मतको पक्षमा मतदान गर्ने दिन संसदमै अनुपस्थित रही विपक्षीलाई सघाउने सार्वजनिक घोषणा गर्दै आएका मनाङेलाई मुख्यमन्त्रीले युवा तथा खेलकुद मन्त्रालय आफैंले सम्हाल्ने गरी पदमुक्त गरेका हुन् ।

मनाङेले नेपाली कांग्रेस नेतृत्वको विपक्षी दलहरूलाई समर्थन गरे सरकार बन्न सक्नेछ । जसमा कांग्रेसका १५, माओवादी केन्द्रका सभामुखबाहेक ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र १ गरी कूल ३१ सदस्य स्वतः पुग्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्