२६ असार २०८३, शुक्रबार

सभामुखले बोलाएको बैठक– देश संकटमा रहेको भन्दै साझा चिन्ता, संसद् विघटनबारे सर्वोच्चको फैसला कुर्ने !

सभामुखले बोलाएको बैठक– देश संकटमा रहेको भन्दै साझा चिन्ता, संसद् विघटनबारे सर्वोच्चको फैसला कुर्ने !

सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा दलका नेताहरूले देश गम्भीर संकटमा रहेको भन्दै साझा चिन्ता व्यक्त गरेका छन् ।

प्रधानमन्त्री, प्रमुख दलका नेता र पूर्व प्रधानमन्त्रीहरूलाई संसद् भवनमा बोलाइएको शुक्रवारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली भने सहभागी भएनन् ।

'देश अहिले गम्भीर संकटमा छ भन्ने विषयमा साझा चिन्ता व्यक्त भयो,' बैठकपछि जसपा संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले भने ।

साथै त्यसक्रममा चुरे लगायतका क्षेत्रबाट ढुंगागिट्टी निकासी गरी व्यापार घाटा कम गर्ने विषय गलत हो भन्नेमा पनि दलहरू एकमत भएको भट्टराईले बताए ।

बैठकमा कोरोना महामारी फैलिएको र खोपको व्यवस्थापन हुन नसकेको विषयमा पनि दलका नेताहरूले कुरा उठाएका थिए ।

महामारीविरुद्ध सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा नेताहरूले राखेका थिए ।

प्रतिनिधि सभा विघटनको सम्बन्धमा भने नेताहरूले सर्वोच्चको फैसला नै कुर्नुपर्ने बताएका छन् ।

सर्वोच्च अदालतमा रिट दायर भइसकेकाले त्यहाँबाट आउने फैसला अनुसार अगाडि बढ्नु नै संविधान सम्मत हुने सुझाव नेताहरूले सभामुखलाई दिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्