३१ जेठ २०८३, आइतबार

दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

दाउ प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

इलाममा आफ्नै श्रीमती ४६ वर्षीया सुर्जामाया तामाङलाई धारिलो हतियार दाउ प्रहार गरी हत्या गरेको अभियोगमा देउमाई नगरपालिका-४ चित्रे डेरा गरी बस्ने भोजपुर ओख्रे घर भएका ४५ वर्षीय ताक बहादुर तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 
ताक बहादुरले आफ्नै श्रीमतीलाई दाउ प्रहार गरी हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई हतियार सहित पक्राउ गरेको हो । 
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्