
सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले मन्त्रालयको लक्ष्य तथा योजना सफल पार्नेगरी आफ्नो ध्यान केन्द्रित गर्न मन्त्रालयका कर्मचारीलाई निर्देशन दिएकी छन् । मन्त्रालयका महाशाखा तथा शाखा प्रमुखसँग आज सम्पन्न छलफलमा उनले नयाँ बजेटमा घोषणा भएअनुरुप मन्त्रालयका कार्यक्रमलाई प्रभावकारी ढङ्गले सम्पादन हुने गरी कार्ययोजना बनाउनुपर्ने बताइन् ।
कर्मचारीलाई परिणाम आउने गरी कार्यसम्पादन गर्न निर्देशन दिँदै उनले भनिन्, “कति ध्यान दिएर काम गरेँ भन्ने आफूलाई थाहा हुन्छ । आफ्नो कामबाट सबैभन्दा पहिले आफू सन्तुष्ट हुने गरी काम गर्नुहोस् ।”मन्त्री थापाले पहिलेको राम्रा कार्यक्रमलाई निरन्तरता दिइने तथा केही नयाँ कार्यक्रम ल्याउने गरी आफूले गृहकार्य गरिरहेको जानकारी दिइन् ।
अहिलेको सूचनाप्रविधिको युगअनुरुप नेपालले यस क्षेत्रमा फड्को मार्न आवश्यक रहेकामा उनले जोड दिइन् ।