१६ असार २०८३, मंगलबार

सवै नागरिकलाई खोप लगाइन्छः शिक्षामन्त्री

सवै नागरिकलाई खोप लगाइन्छः शिक्षामन्त्री

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले मुलुकका सवै नागरिकलाई कोरोनाबिरुद्धको खोप पुराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।
शनिबार काठमाडौैंको क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा सुरु गरिएको कोभिड अस्पतालको निरिक्षण गर्दै मन्त्री श्रेष्ठले बिभिन्न देशबाट खोप आउने क्रम जारी रहेकाले सवै नागरिकलाई खोपको पहुँचमा पुराइने बताएका हुन् ।

 राष्ट्रपतिले अन्य देशका समकक्षीहरुसंग खोपको अपिल गरेको र खोपका साथै स्वास्थ्य सामाग्री आइरहेको उनको भनाई छ । उनले नेपालमा भित्रिएका स्वास्थ्य सामाग्री कोरोना नियन्त्रण र रोकथाका लागि प्रयोग गरिने जिकिर गरे । उनले क्षेत्रपाटीस्थित निःशुल्क चिकित्सालयमा कोरोना संक्रमितको उपचारका लागि कुनै स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने प्रतिवद्धता जनाए ।

salt training

कमेन्ट गर्नुहोस्