
लोकप्रिय युट्युब च्यानल बीबीकी भाईन मार्फत संसार हसाउने भुवन बमले कोरोनाको कारणले एक महिना भित्र आफ्ना माता पिता गुमाउनु परेको छ।
इन्स्टाग्राम मार्फत बमले आफ्ना माता पिताको साथ खिचेका फोटोहरू संगै दुखद् नोट पोस्ट गरेका छन् ।
उनि लेख्छन् 'मेरो दुबै लाइफलाइन कोभिडमा हराउनुभयो। आमा र बुबा बिना केहि पनि पहिलाको जस्तो छैन। एक महिना भित्र सबै कुरा बिग्रिएको छ मेरो घर, अनि मेरा सपनाहरू ।'
उनका पिता अवनिन्द्र बमको मे ११ मा र माता पद्म बमको जून १० मा मृत्यु भएको थियो।