२३ असार २०८३, मंगलबार

तराई आन्दोलनको विषयमा एक सय ६० उजुरी, उजुरीको म्याद १५ दिन थपियो

कात्तिक २०, २०७४
तराई आन्दोलनको विषयमा एक सय ६० उजुरी, उजुरीको म्याद १५ दिन थपियो
काठमाडौं, १३ पुस — तराई आन्दोलनमा भएको क्षतिको विवरण संकलन गर्न बनेको आयोगमा अहिलेसम्म एक सय ६० वटा उजुरी तथा सूचना दर्ता भएका छन् ।

तराई, मधेश र थरुहट लगायका क्षेत्रमा विभिन्न राजनीतिक दलहरुले गरेको आन्दोलनका क्रममा भएका हिंसा, हत्या, आगजनी, तोडफोड लगायतका घटनाहरुको सत्य तथ्य छानविन सम्बन्धि उच्चस्तरीय आयोगमा यी सूचना दर्ता भएका हुन् ।

साउन महिनादेखि काठमडौंमा कार्यालय स्थापना गरेर आयोगले काम गरिरहेको छ । मंसिर १६ गते देखि पुस १३ गते सम्मको अवधिमा सो संख्यमा उजुरी परेका हुन् ।

पुस १५ गते उजुरी दर्ता गर्ने समय सकिन लागेको छ । तर आयोगले विभिन्न पक्षबाट आएका सुझावहरुलाई मनन गर्दै उजुरी संकलनको समय थप १५ दिन बढाएको जनाउको छ । अब माघ एक गते सम्मनै उजुरी दर्ता गर्न पाइने आयोगले आज एक सूचना निकालेर जनाएको हो ।

salt training

कमेन्ट गर्नुहोस्