०१ असार २०८३, सोमबार

विजुली मिटर जडानमा किर्ते गर्ने विद्युत प्राधिकरणका कर्मचारी अख्तियारको नियन्त्रणमा

कात्तिक २०, २०७४
विजुली मिटर जडानमा किर्ते गर्ने विद्युत प्राधिकरणका कर्मचारी अख्तियारको नियन्त्रणमा

काठमाडौं, २१ जेठ
–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्युत मिटर जडान गर्ने क्रममा घूस रकम लिएको भन्दै नेपाल विद्युत प्राधिकरणका एक कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्राधिकरणको भद्रपुर शाखामा कार्यरत मिटर रिडर राम बहादुर महतले सेवाग्राहीको नवनिर्मित घरमा विद्युत मिटर जडान गर्दा घूस लिएको भेटिएपछि अख्तियारले नियन्त्रणमा लिएको हो ।

मिटर जडान गर्दा महतले विभिन्न बहानामा सेवाग्राहीबाट घूस लिएको उजुरीका आधारमा आयोगको कार्यालय, इटहरीको टोलीले उनलाई पाँच हजार रुपैयाँ घूस रकमसहित नियन्त्रणमा लिएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूर गरेको पुष्टि भएको भन्दै आयोगले महतलाई पाँच हजार रुपैयाँ बिगो सहित कैद सजाय हुन मागदावी लिई आइतवारै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्