
पाँच दिनअघि काठमाडौंको बौद्ध नयाँ बस्तीस्थित टाउन प्लानिङमा भेटिएको मानिसको शरीरको आधा भाग खुट्टा वयस्क महिलाको भएको खुलेको छ ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले गरेको पोस्टमार्टम र डीएनए परीक्षणबाट खुट्टा वयस्यक महिलाको भएको खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशाेक सिँहले लाेकान्तरलाई जानकारी दिए ।
२५ जेठमा शरीरको आधा भाग खुट्टा र केही मासुको भाग सिमेन्टको बोराभित्र परालले प्याक गरेर फालेको अवस्थामा प्रहरीले भेटाएको थियो ।